तवाङ मठबाट बुद्ध मूर्ति चोरी प्रकरणमा पश्चिम बंगालका पर्यटक पक्राउ

Share this news

अरुणाचल प्रदेशको तवाङ जिल्लाबाट बुद्ध मूर्ति तथा अन्य धार्मिक सामग्री चोरी गरेको आरोपमा पश्चिम बंगालका एक पर्यटकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सामाजिक सञ्जालमा भाइरल भएको सीसीटीभी फुटेजको आधारमा प्रहरीले उक्त व्यक्तिलाई पहिचान गरी नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार ५४ वर्षका ती पर्यटकले तवाङ मठ परिसरबाट बुद्धको मूर्ति चोरेका थिए। साथै उनले बाट टिङ्शा (धार्मिक झ्याली) को एक जोडी र दुई वटा धातुका बटर ल्याम्प समेत लिएको बताइएको छ। यी सबै धार्मिक सामग्रीहरू स्थानीय रूपमा अत्यन्तै पवित्र मानिन्छन्।

तवाङका उप–पुलिस अधीक्षक कातो तासोका अनुसार चोरीको दृश्य सीसीटीभीमा कैद भएपछि भिडियो सामाजिक सञ्जालमा फैलिएको थियो। त्यसपछि प्रहरीले अनुसन्धान सुरु गरी ती व्यक्तिलाई बुधबार बिहान फेला पारेर नियन्त्रणमा लिएको हो। उनको साथबाट चोरी भएका सबै सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद सामग्रीको मूल्य करिब १५ हजारदेखि २० हजार रुपैयाँसम्म रहेको बताइएको छ।

तर मठ प्रशासनले कडा कानुनी कारबाही अघि नबढाउने निर्णय गरेको छ। चोरी भएका सामग्री फिर्ता भएपछि मठका भिक्षु तथा व्यवस्थापन समितिले ती पर्यटकलाई माफी दिएका छन्। उनले आफ्नो गल्ती स्वीकार गर्दै भविष्यमा यस्तो कार्य दोहोर्‍याउने छैन भन्ने लिखित प्रतिबद्धता पनि दिएका छन्।

प्रहरीका अनुसार उक्त व्यक्ति मार्च मा आफ्नी श्रीमतीसँग घुम्नका लागि तवाङ पुगेका थिए। घटनापछि प्रहरीले पर्यटकहरूलाई धार्मिक तथा सांस्कृतिक स्थलहरूको सम्मान गर्न र स्थानीय परम्पराप्रति संवेदनशील हुन आग्रह गरेको छ।

यस घटनाले पवित्र धार्मिक स्थलहरूमा पर्यटकहरूले अनुशासन र सम्मान कायम राख्नुपर्ने आवश्यकता पुनः स्मरण गराएको स्थानीय अधिकारीहरूले बताएका छन्।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ