Darjeeling tea garden PF due
Darjeeling tea garden PF due

आइजीजेएफ श्रमिक संघको टोलीले श्रम मन्त्रीसङ्ग गरयो भेट

Share this news

58 चिया बगानहरूले श्रमिकहरूको पीएफको राशी जम्मा नगरेको इण्डियन गोर्खा जन शक्ति फ्रण्टकेन्द्रीय कार्यालय सचिव भीम सुनामले बताएका छन्।

राज्यको श्रम मन्त्री मलय घटक समक्ष हामीले चिया श्रमिकहरूको समस्याहरूसंग संगै मिनिमम वेजेसको कुराहरू राखेका छौ।गत 25 फरवरी 2026 को दिन हामी कोलकता गएका थियौ।त्यस अवधि हामीले पहाड तराई डुवर्सको चिया बगानहरूमा मिनिमम वेजेस अविलम्ब लागु गरियोस भन्ने मांग गर्दै प्रदर्शन पनि गरेका थियौ साथै राज्यको श्रम मंत्री मलय घटकलाई ज्ञापन पत्र चढाउन उनको कार्यलयमा पूगेका थियौ तर उनी विशेष कामले बाहिरो हुदा हामीले भेटन सकेनौ तर श्रम मंत्री घटकलाई यस बारे अधिबाटै सुचन भएको हुदा उनले आफ्नो कार्यलयको कर्मचारीहरूलाई हामी आउदैछ भन्ने सूचित गराउदै ज्ञापन पत्र जे पनि चढाउछ त्यसलाई थापेर राख्ने निर्देश दिएका थिए अनि 4 मार्चको दिन श्रम मंत्री मलय घटक सिलगढी आउदैछ अनि त्यस समय भेटने खबर दिएका थिए।त्यही खबरको अनुरूप हिज बुद्वबार हामी हाम्रो हिल तराई डुवर्स चिया श्रमिक संघको टोलीले श्रम मंत्री मलय घटकसंग भेट गरयौ।भेटवार्ताको क्रममा हामीले श्रम मंत्री मलय घटक समक्ष मिनिमम वेजेस आदि जस्ता विषयहरू बारे धेरै लामो चर्चा गरयौ।गत 2019 मा जुट मील लिएर भएको त्रिपक्षीय सम्झौता समाप्त भएका थिए।गत 3 जनवरी 2024 को दिन अर्को सम्झौता भएको थियो।

त्यो सम्झौताले जुट मीलमा काम गर्ने कर्मचारीहरूको दैनिक ज्याला 475 रूपियाँ भएको हो।त्यस भन्दा अघि जुट मील कर्मचारीहरूको दैनिक ज्याला 370 रूपियाँ थिए।जुट मील कर्मचारीहरूको दैनिक ज्याला एसपीसीले 105 रूपियाँ बढाई दिएको हो।कुनै पनि वार्ता तथा बैठकहरू विफल हुदा त्यो मामिला एसपीसीमा जान्छ।गत 25 फरवरी हामी कोलकता जान्दा हामी एसपीसी कार्यलयमा गएका थियौ अनि त्यहाको विभागीय अधिकारीहरूसंग भेटवार्ता गरेका थियौ।

हिज बुद्वबार राज्यको श्रम मंत्री मलय घटकसंगको भेटवार्तामा हामीले मिनिमम वेजेसको कुरा राख्दा मंत्री घटकले एसपीसीकै कुरा गरयो।मिनिमम वेजेसको विषयमाथि चर्चा गर्न सरकारले एडभाइजरी कमिटिको गठन गरेको छ।

एडभाइजरी कमिटिलाई एसपीसीले नेतृत्व गरेको छ अनि चिया श्रमिकहरूको मिनिमम वेजेसको विषय एसपीसीमा पूगी सकेको छ अनि यो कुरा मंत्री घटक स्वयमले हामीसंगको भेटवार्तामा बताएका छन।मिनिमम वेजेसको मामिला चाडै समाधान हुनेछ भन्ने विषयमा हामी आशाबादी छौ।पहाड र तराई डुवर्स गरेर जम्मा 58 वटा डिफल्डर चिया बगानहरू छन।यी चिया बगानहरूले श्रमिकहरूको पीएफको राशीहरू जम्मा गरेको छैनन।जस मध्ये 25 वटा डिफल्डर चिया बगानहरू पहाडभित्र पर्छ।

Share this news
आजको रोजाइ
राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

आजको रोजाइ