सहकारी आन्दोलन विषय सचेतना कार्यक्रम

Share this news

दार्जीलिङ, 5 मार्च(निस): दार्जीलिङ  डिस्किक कोओपरेटिभ युनियन तथा पश्चिम बङ्गाल स्टेट कोओपरेटिभ युनियनको संयुक्त आयोजनमा सहकारी आन्दोलन विषयमा सचेतना कार्यक्रम चुङथुङ उच्चतर माध्यमिक विद्यालयमा सम्पन्न भयो।
कार्यक्रममा दार्जीलिङ जिल्ला सहकारी संघका अध्यक्ष संजय गुरुङ, पश्चिम बङ्गाल राज्य सहकारी संघका प्रतिनिधि शिशिर पौडेल, तथा चुङथुङ उच्चतर माध्यमिक विद्यालय इसीसीएस (ईसीसीएस)-का सचिव सुरज प्रधानको विशेष उपस्थिति रहेको थियो। यसको साथमा कार्यक्रममा विद्यालयका शिक्षक-शिक्षिका लगायत  विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएको थियो।
कार्यक्रमको उद्देश्य सहकारी आन्दोलनको इतिहास, यसको महत्व, तथा समाज र आर्थिक विकासमा सहकारी संस्थाहरूको भूमिकाबारे विद्यार्थीहरूलाई जानकारी गराउनु रहेको थियो। वक्ताहरूले सहकारी सिद्धान्त, सदस्यता, बचत तथा ऋण व्यवस्थापन, र सामूहिक उत्तरदायित्वका विषयमा प्रकाश पार्दै युवापुस्तालाई सहकारी अभियानमा सहभागी हुन प्रेरित गरेका थिए भने सहकारी सस्था सम्पुर्णको साझा सम्पत्ति भएकोले यसलाई जगेडा गर्नु युवा पुस्ताहरुको ठूलो दायित्व रहेको बताए।
कार्यक्रमको अन्त्य प्रश्न-उत्तर सत्रसँगै गरिएको थियो, जहाँ विद्यार्थीहरूले सहकारी सम्बन्धी जिज्ञासा राखी उपयोगी जानकारी प्राप्त गरेका थिए। अर्कोतिर आयोजकले यस्ता कार्यक्रमहरूले सहकारी सस्थाको महत्त्व तथा आवस्थाबारेमा जनमानसमा पुग्न धेरै टेवा पुग्ने भएकोले आगामी दिनहरूमा पनि निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ