दार्जीलिङमा राष्ट्रपति भ्रमण शुभ संकेत

Share this news

दार्जीलिङ, 5 मार्च(मार्च): बुधबारको दिन प्राप्त समाचार अनुसार आगामी 6 मार्चको दिन भारतका सम्माननीय राष्ट्रपति द्रौपदी मुर्मु भ्रमण रहेको शुभ संकेत मान्दै गोर्खा वेलफेयर वुमन फोरमका अध्यक्षा कविता प्रधान र कन्भेनर कृष्ण प्रधान प्रेरणा हर्षित बनेका छन्। उनीद्वयले बताए अनुसार, दार्जीलिङमा ऐतिहासिक क्षण राष्ट्रपति द्रौपदी मुर्मुको भ्रमण दार्जीलिङको इतिहासमा पहिलो पटक भारतको राष्ट्रपति आउनु केवल औपचारिक भ्रमण मात्र होइन, यो हाम्रो पहाड़को सम्मान र पहिचानसँगै जोड़िएको गौरवपूर्ण क्षण हो।
अध्यक्ष कविता प्रधान र कन्भेनर कृष्ण प्रधान प्रेरणाले बताए अनुसार,राष्ट्रपति द्रौपदी मुर्मु एक सरल र परिष्कृत व्यक्तित्वका रूपमा चिनिन्छ। साधारण परिवारबाट उठेर देशको सर्वोच्च पदसम्म पुग्नु ईश्वरको आशीर्वाद र उनको संघर्ष, इमान्दारिता र समर्पणको प्रेरणादायी उदाहरण हो। उनको जीवन यात्राले महिला सशक्तिकरण र सामाजिक समानताको सन्देश दिन्छ।दार्जीलिङ जस्तो विविध संस्कृति र इतिहास बोकेको ठाउँमा उनको आगमनले राष्ट्रिय एकता र आपसी सद्भावनालाई अझ बलियो बनाउने विश्वास लिइएको छ। विशेषगरी पहाड़का महिला युवावर्ग र सामाजिक संस्थाहरूको लागि उहाँको उपस्थिति प्रेरणाको श्रोत बन्नेछ। दार्जीलिङवासीको लागि यो अवसर गर्व र सम्मानको क्षण हो। उनको भ्रमणले विकास, संवाद र सहकार्यको नयाँ ढोका खोलिने अपेक्षा गरिएको छ। यो ऐतिहासिक भ्रमणले दार्जीलिङको आत्मासम्मानलाई नयाँ ऊचाईमा पुर्‍याउँदै भविष्यका लागि आशा र विश्वासको दीप प्रकाशित गरेको छ। यो क्षण दार्जीलिङको इतिहासमा सुनौलो अक्षरले लेखिनेछ भनी अध्यक्ष कविता प्रधान र कन्भेनर कृष्ण प्रधान प्रेरणाले भनेका छन्।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ