मिजोरमका बहु प्रतिभाशाली व्यक्तित्व डा. किङ्ग गुनु घर्तीको सर्ट मुभी “वन मेन आर्मी”को शुटिङ्ग सिलगढी र मिरिकको विभिन्न ठाउँमा सम्पन्न गरिएको छ। उक्त सर्ट मुभी “वन मेन आर्मी”को कथा, गीत, सङ्गीत र गायन उनकै रहेको छ भने निर्देशन आफैले गरेका छन् र मुख्य भूमिका पनि उनी आफैले गरेका छन्। उक्त मुभीको कथा अनुसार भारतको लागि गोर्खाहरूले धेरै योगदान दिएका छन्। तर अझसम्म उनीहरूले साँचो न्याय पाएका छैनन्। त्यसैले अवकाशप्राप्त सैनिक अधिकारीको रुपमा उनले भारत सरकारसङ्ग स्मरण रहोस् भारतमा सबैभन्दा धेरै स्वरचित हिन्दी गीतहरूको सङ्गालो सार्वजनिक गर्ने गोर्खे, डा. किङ्ग गुनु घर्ती, यतिखेर आफ्ना गीतहरूको रेकर्डिङ्गको सिलसिलामा सिलगढी आएका छन्। उनको आठौं अनि दार्जीलिङको मिरिकबाट डुप्छेन लामाको सङ्गीतमा दोस्रो हिन्दी गीति अलबम पहाडों की रानी प्रकाशमा आउने भएको छ। यसैको लागि उनी सिलगढी आएका हुन्।
डा. किङ्ग गुनु घर्तीले अहिलेसम्म आठसय नेपाली अनि छसय हिन्दी गीतहरू बनाइसकेका छन्। भारतेली सङ्गीतको क्षेत्रमा उनले गरेको योगदानकोे लागि एसोसिएशन फर रिसर्च अन् नन्प्रफीट अर्गनाइजेसन्स आरनोवाले आफ्नो रजत जयन्ती समारोहमा गत 6 अप्रेल 2025 को दिन गीत सङ्गीत शिरोमणि उपाधिले अलङ्करण गरिसकेको छ।
अन्य विधाको कुरा गर्ने हो भने कलामा आफ्नो जीवन समर्पित गर्ने डा. किङ्ग गुनु घर्ती मिजोरमका एकमात्र उपन्यासकार, नाटककार पनि हुन् भने उनले नेपाली र मिजो भाषाको चलचित्रमा अभिनेताको रुपमा अभिनय पनि गर्दै आएका छन्।












