मतादाता सूचीमा नाम काटिएको अथवा विचाराधीन सूचीमा परेकोमा क्षोभ

Share this news

खरसाङ,  (मोहन प्रसाद)ः मतदाता सूचीबाट नाम काटिएका वा विचाराधीन सूचीमा सूचीबद्ध गरिएका धेरै मतदाताहरू सोमवार आफ्नो क्षोभ अनि विरोध व्यक्त गर्न खरसाङ खण्ड विकास अधिकारीको कार्यालय अनि पञ्चायत समिति कार्यालय अघि भेला भए।
यस अवधि पत्रकारहरूसित बोल्दै, कतिपय नाम काटिएका अथवा विचाराथीन सूचीमा नाम सूचीबद्ध भएका मानिसहरूले बताए अनुसार, युगैाँंदेखि वा बाउ-बाजेदेखि नै भोट खसाल्दै आए देशका स्थायी नागरिक भए तापनि आज धेरै जनाको नाम एसआईआर अन्तर्गत अन्तिम मतदाता सूचीमा विचाराधीन (अण्डर एडज्यूडिकेशन) अन्तर्गत राखिएको छ। उहिलेदेखि भोट हाल्दै गरेको भए तापनि धेरै व्यक्तिको नाम काटिएको छ। कतिपयले घर-परिवार को लगभग सबै सदस्यको नाम रहे तापनि आफ्नो नाम विचाराधीन (अण्डर एडज्यूडिकेशन) अन्तर्गत राखिएको बताए। अण्डर एडज्यूडिकेशन अन्तर्गत रहेकी एकजना वृद्ध मतदाताले बताए अनुसार, तिनी खरसाङ्कै स्थायी बासिन्दा हुन्‌‍ष विभिन्न नेतृत्व अनि विभिन्न सरकार अन्तर्गत धेरै निर्वाचनमा आफ्नो मत प्रयोग पनि तिनले गरिसकेकी छिन्‌‍। विभिन्न सा-सानो कारण देखाउँदै साथै विभिन्न कागज पत्र माग्दै एवं सुनवाईमा आएर पनि तिनको नाम मतदाता सूचीमा अण्डर एडज्यूडिकेशन अन्तर्गत राखिएको छ। वृद्ध अवस्थामा आफू हैरान बनिसकेको बताउदै यस विषयमा सम्बन्धित निकायले बुझ्नु धेरै आवश्यक रहेको छ तिनले बताइन्‌‍।
त्यसरी नै खरसाङ्को चौकी डाँडा निवासी चन्द्र तामाङले बताए अनुसार, तिनको नाम मतदाता सूचिबाट डिलिट भएको छ । तिनले आफ्नो आधार, भोटर कार्ड, राशन कार्ड, प्यान कार्ड आदि सुनवाई अवधि देखाए पनि तिनको नाम मतदाता सूचीबाट हटाइएको छ। तिनले आफ्नो पतिको विभिन्न सम्बन्धित दस्तावेजहरू देखाए पनि आमा-बाबाको सम्बन्धित दस्तावेजहरू मागिएको बताइन्‌‍। तिनको आफ्नो बाबा बितिसकेका एवं आमासित मागिएको दस्तावेज नरहेकोले तिनको नाम काटिएको बताइन्‌‍। तिनले थप जनाए अनुसार, तिनी पढ़ा-लेखा नरहेकोले साथै पहिलाको मानिसहरूमा जन्म प्रमाण पत्र वा अन्य दस्तावेजहरू राख्ने चलन नरहेकोले यस्तो परिस्थितिमा मागिएको दस्तावेज जमा गर्न सकिनन्‌‍। धेरै पल्ट भोट दिएर आए पनि साथै यहीको नागरिक भए पनि मागिएको दस्तावेज दिन नसकेकोले तिनको नाम मतदाता सूचीबाट काटिएको तिनले गुनासो गरिन्‌‍। अब के गर्न पर्ने हो भन्ने विषयमा बुझ्नलाई तिनी बीडीओ एवं पञ्चायत समिति कार्यालयमा आएको तिनले बताइन्‌‍। खरसाङ पञ्चायत समिति सभापति अनु छेत्री प्रधानले यस बारेमा भनिन्‌‍, एसआईअर प्रक्रिया अन्तर्गत स-सानो गल्तीमा पनि मतदाताहरूको नाम काटिएको छ अथवा विचाराथीन सूचीमा राखिएको छ। कसैको बाबाको जात लिम्बु लेखिएको छोराको जात सुब्बा लेखिएको, कसैको बाबाको जात बम्जन लेखिएको छोराको लामा लेखिएको जस्ता विषयहरूमा पनि नाम काटिएको छ। विचाराधीन सूचीमा रहेकाहरूको जुडिसियल मेजिष्ट्रेटद्वारा जाँच कार्य चलिरहेको छ। 24 खरसाङ निर्वाचन क्षेत्रमा जुडिशियल मेजिष्टेटको संख्या कम रहेकोले मतदाताहरूले कसरी न्याय पाउनेछन्‌‍ भन्ने कुरो अघि आएको छ।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ