Mirik women’s wing
Mirik women’s wing

गोर्खा राष्ट्रिय नारी संगठनको मिरिक कमिटी गठन: अध्यक्षामा गीता प्रधान चयन

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आफ्नो संगठन बिस्तारलाई तीब्र बनाउँदै आज गोर्खा राष्ट्रिय नारी संगठन मिरिक ब्राञ्च कमिटी गठन गरिएको छ। आज तराईको उत्तर च्यांगा साइनगरमा कम्युनिटी हलमा केन्द्रीय कमिटी सचिव अर्पना भारतीको सभापतित्वमा सम्पन्न भएको सांङ्ठनिक सभामा गोरानासं केन्द्रीय समिति अध्यक्षा मणिकला तामाङ, उपाध्यक्षा कमला राई, सचिव अमृता छेत्री, सहसचिव पम्फा लामा, सेक्रेटरी जनरल अन्जिला देवान रोमा शर्मा, लिला परियार, प्रेणा शेर्पा, बिमला थुलुङ, लक्ष्मी शर्मा, गोरानासं दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्षा बसुन्धारा प्रधान अनि सर्जु तामाङ उपस्थित रहेका थिए। सभामा सर्वसम्मतिले मिरिक ब्राञ्च कमिटी गोरानासं अध्यक्षाको पदमा गीता प्रधान अनि उपाध्यक्षामा मेनुका शाहलाई चयन गरिएको छ। यसैगरी सचिवमा सबिना तामाङ, सहसचिवमा देवी खवासलाई चयन गरिएको छ। कोषाध्यक्षामा कविता तामाङ अनि कैलाश तामाङलाई चयन गरिएको छ। प्रमुख सल्लाहकारहरुमा निन्दिया थामी, निशा राई अनि जमुना छेत्री चयन भएका छन्। कार्यकारिणी सदस्याहरुमा बिनुका राणा, बन्दना मगर , नन्दकुमारी प्रधान, दावा लमु लोप्चन, लिला राई, सरस्वती छेत्री , रिंकु शेर्पा , प्रनिता तामाङ, नर्वदा शर्मा, करिश्मा तामाङ, माया लामा, रश्मिता टोपो, लक्ष्मी शर्मा, हुरु तामाङ अनि मिनाक्षी सुब्बा चयन भएका छन्।

नवगठित गोरानासं मिरिक ब्राञ्च कमिटीका प्रतिनिधिवर्गलाई केन्द्रीय समिति अध्यक्षा मणिकला तामाङ अनि गोरानासं केन्द्रीय समिति प्रतिनिधिवर्गद्वारा श्रद्धा लगाएर वधाई अनि शुभकामना दिंदै पार्टी सिद्धान्त अनि अनुशासनमा रहेर संगठनलाई बलियो बनाएर अगि बड्ने दिशानिर्देशन दिइन्।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ