SIR controversy in bengal
SIR controversy in bengal

एसआइआरमाथि एडवर्ड्सको पत्र निर्वाचन आयोगलाई

Share this news

एसआईआरले जारी गरेको रिपोर्टप्रति हामी खुशी छैनौं, पुनः विचार गरियोस् भन्दै इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख अजय एडवर्ड्सले निर्वाचन आयोगलाई पत्राचार गरेका छन्। एसआईआरको ताजा रिपोर्टले देशरक्षक गोर्खाहरूमाथि अन्याय भएको स्पष्ट भएको छ। गत २८ फेब्रुअरीका दिन निर्वाचन आयोगले एसआईआरको सूची जारी गरेको छ र मतदाता सूचीबाट धेरै मतदाताहरूको नाम हटाइएको सार्वजनिक भइसकेको छ। मतदाता सूचीबाट साधारणभन्दा साधारण मतदाताहरूको नाम हटाइएकाले ती मतदाताहरूमा हतासपन छाएको छ। एसआईआरको रिपोर्टअनुसार पश्चिम बंगालको मतदाता सूचीबाट धेरै मतदाताहरूको नाम हटाइएका छन्, यहाँसम्म कि देशरक्षक गोर्खाहरूको नामसमेत हटाउने कार्य भएको छ। यस्ता कार्यहरूबाट इण्डियन गोर्खा जनशक्ति फ्रण्ट खुशी छैन। देशका लागि आफ्नो प्राणको आहुति दिने गोर्खाहरूको नाम एसआईआरको सूचीबाट हटाइनु सरासर अन्याय हो।

एउटा बुथ मात्र होइन, धेरैवटा बुथ तथा ब्लकहरूमा आश्चर्यचकित बनाउने एसआईआरको रिपोर्ट आएको छ, जसमा मतदाताहरूको नाम सूचीबाट हटाइएको छ। कतिपय ठाउँमा एउटै घरभित्र दाजुको नाम छ तर भाइको छैन। त्यसरी नै छोराको नाम छ तर बाबुको नाम छैन। यसले गोर्खाहरूप्रति भारत सरकारको हेर्ने दृष्टिकोण कस्तो छ भन्ने स्पष्ट पार्दछ।

यी सबै विषयलाई ध्यानमा राख्दै इण्डियन गोर्खा जनशक्ति फ्रण्टका केन्द्रीय संयोजक अजय एडवर्ड्सले निर्वाचन आयोगलाई पत्राचार गरेका छन्। पत्रमा एसआईआरद्वारा जारी गरिएको रिपोर्टप्रति हामी खुशी छैनौं भनी उल्लेख गरिएको छ। पश्चिम बंगाल विधानसभा चुनाव गराउने हतारमा रैथाने जनजाति गोर्खाहरूको नाम मतदाता सूचीबाट हटाउनु गलत हो र मतदाताहरूको नाम काटिनु हुँदैन भन्ने कुरा अजय एडवर्ड्सले स्पष्ट रूपमा उल्लेख गरेका छन्। केन्द्रीय गृहमन्त्री अमित शाहले संसदीय कार्यकालको आफ्नो सम्बोधनमा मतदाताहरूको नाम सूचीबाट हटाउने संकेत अघि नै दिइसकेका थिए र त्यही अनुरूप कार्य भइरहेको देखिन्छ। मतदाता सूचीबाट हटाइएका गोर्खा मतदाताहरूको भविष्य के होला? यो गम्भीर विषय हो।

बाहिरबाट आएका व्यक्तिहरूको नाम मतदाता सूचीबाट हटाइएमा त्यसबारे हामीलाई केही भन्नु छैन, तर यहाँका रैथाने गोर्खा जनजातिहरूको नाम हटाउनु स्वीकार्य छैन। एउटै घरभित्र दाजुको नाम छ तर भाइको नाम हटाइएको छ, बहिनीको नाम छ तर दिदीको नाम हटाइएको छ। त्यसो भए भोलिको दिन सूचीबाट हटाइएका मानिसहरूलाई डिपोर्ट गर्ने हो त? यस प्रकारको कार्य हामी सहन गर्ने छैनौं र मान्ने पनि छैनौं। चुनाव गराउने हतारमा रैथानेहरूको नाम सूचीबाट हटाउने कार्यको हामी घोर निन्दा गर्छौं। एसआईआरको कार्यलाई हामीले सुरुदेखि नै स्वागत गरेका थियौं, तर जुन प्रकारले कार्य गरिएको छ त्यसको हामी घोर विरोध गर्दछौं। इण्डियन गोर्खा जनशक्ति फ्रण्ट मात्र होइन, अन्य धेरै राजनीतिक दलहरू पनि एसआईआरको रिपोर्टप्रति असन्तुष्ट छन्।

एसआईआरद्वारा जारी गरिएको सूचीलाई पुनः विचार गरियोस् भनी इण्डियन गोर्खा जनशक्ति फ्रण्टका केन्द्रीय संयोजक अजय एडवर्ड्सले माग गर्दै निर्वाचन आयोगलाई पत्राचार गरेको आइजीजेएफका केन्द्रीय कार्यकारिणी सदस्य श्याम गौतमले जानकारी दिएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ