युवा नेतृत्वको हुँकारसहित अनुप गदाल मैदानमा ओर्लने संकेत

Share this news

आगामी राज्य विधानसभा चुनावमा खरसाङ निर्वाचन क्षेत्रको राजनीतिक समीकरणमा नयाँ मोड आउने संकेत देखिएको छ। “युवाहरू अब अरूको वैशाखी होइन, आफै नेतृत्व बन्नुपर्छ” भन्ने स्पष्ट मान्यताका साथ दुधे निवासी युवा नेता अनुप गदाल चुनावी मैदानमा उत्रिने संकेत देखा परेको छन्। ​युवाहरूका माझ ‘ढुकढुकी’ बनेर चिनिएका गदालले अबको व्यवस्था परिवर्तनका लागि युवा शक्ति नै निर्णायक हुने बताएका छन्। उनले भने युवाहरू कुनै पनि देश वा समाजका असल सञ्चालक हुन्। इतिहास साक्षी छ, युवाले चाहे संसारमा ठूलाठूला राजनीतिक परिवर्तन सम्भव छ। त्यसैले अब युवाहरू कसैको कठपुतली बनेर झण्डा मात्र बोक्ने होइन, आफ्नो र जातिको भाग्य आफै निर्माण गर्न अघि बढ्नुपर्छ।​गदालको चुनावी एजेन्डा केवल भौतिक पूर्वाधारमा मात्र सीमित छैन। उनले विकासलाई नयाँ ढङ्गले व्याख्या गर्दै भनेका छन विकास भनेको बाटो र झोडा बनाउनु मात्र होइन, युवाहरूको भविष्य निर्माणमा पनि त्यो देखिनुपर्छ। युवाहरूलाई कमिसनको प्रलोभन होइन, नेतृत्व र सम्भावना दिनु आवश्यक छ।

​उनले विशेष गरी गोर्खा युवाहरूको भविष्यका निम्ति एउटा सही र निष्ठावान् नेतृत्वको खाँचो रहेको औंल्याउँदै आफ्नो उम्मेदवारीले सम्पूर्ण गोर्खा युवाहरूमा नयाँ ऊर्जा र आशा जगाउने विश्वास व्यक्त गरेका छन्।​खरसाङ विधानसभा आसनमा यसपटक रोचक प्रतिस्पर्धा हुने देखिएको छ। एकातिर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) ले अमर लामालाई उम्मेदवार बनाउने लगभग पक्का छ भने, अर्कोतिर अधिवक्ता वन्दना राईले पनि स्वतन्त्र उम्मेदवारी दिने चर्चा छ। भारतीय जनता पार्टी (भाजपा) ले भने अहिलेसम्म आफ्नो उम्मेदवारको पत्ता खोलेको छैन।

​यस्तो अवस्थामा, अनुप गदालको आगमनले खरसाङको चुनावी प्रतिस्पर्धालाई थप चुनौतीपूर्ण र रोमाञ्चक बनाइदिएको छ। धेरै युवाहरूले गदाललाई कुनै स्थापित राजनीतिक दलले अवसर दिए अझ राम्रो हुने मत राखेका छन् भने कतिपयले उनलाई युवाहरूको साझा स्वतन्त्र आवाजको रूपमा हेरेका छन्।​गदालले युवाहरूमाथि नै भरोसा राखेर चुनावमा उत्रिने संकेत गरेका छन्। उनको यो कदमले खरसाङको भविष्य र युवा नेतृत्वको बहसलाई कुन दिशा दिने हो, त्यो भने चुनावको परिणामले नै बताउनेछ।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ