भागोप्रमोले आफ्नो उम्मेद्वार लिएर चुनाउ प्रचार गरिरहेको समय विपक्षले आफ्नो उम्मेद्वारको अनुहार अघि ल्याउन सकेको छैन

Share this news

खरसाङ,  (निसं)ः चुनाउ आयोगले एसआईआरको पुरा गरेपछि अन्तिम मतदाता सूची जारी गरिसकेको छ। अब केही केही दिनमा विधानसभा चुनाउको घोषणा हुनेछ। राज्यभर चुनाउको कसरत भइरहेको छ। यता पहाड़मा पनि आगामी विधानसभा चुनाउलाई लिएर राजनीतिक कसरत चलिरहेको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले पहाड़को तीनवटा विधानसभा आसानको निम्ति आफ्नो उम्मेद्वार चयन गरिसकेको छ। यो पार्टीले आफ्नो उम्मेद्वारहरूलाई लिएर विभिन्न समष्टि र शाखा स्तरमा कार्यक्रमहरू गरिरहेको छ। कतिपय स्थानमा आगामी विधानसभा चुनाउलाई लिएर बुथ कमिटीहरू गठन गर्ने कार्य पनि यो पार्टीले गरिरकेको छ। केही नामहरू सामाजिक सञ्जालमा चर्चामा आइरहेको भए तापनि अहिलेसम्म विपक्षी दलहरूले आफ्नो सम्भावित उम्मेद्वाको अनुहार जनता अघि ल्याउन सकेको छैन।

विपक्षका राजनीति पार्टीहरूले पनि विधानसभा चुनाउलाई ध्यानमा राखेर विभिन्न स्तरमा कार्यक्रमहरू गरिरहेका छन्‌‍। तथापि अहिलेसम्म यी पार्टीहरूले कसलाई उम्मेद्वार बनाउने हो भन्ने कुरोको निर्णय गर्न नसकेको भान भइरहेको छ। आगामी विधानसभा चुनाउमा भाजपा अनि यसका गठबन्धन दलहरू एकसाथा रहला अथवा नरहला भन्ने विषय पनि अहिलेसम्म आधिकारिक रुपमा स्पष्ट भएको छैन। केही समय अघिदेखि पहाड़मा क्षेत्रीयतावादको चर्चा चलिरहेको छ। पहाड़बाट जाने विधायक पहाड़कै क्षेत्रीय दलको हुन पर्ने विषयले पहाड़मा निकै चर्चा पाएको छ। यस्तो अवस्थामा पहाड़का कतिपय राजनीतिक दलहरूले आगामी विधानसभा चुनाउमा क्षेत्रीय दलको उम्मेद्वार नै गठनबन्धनबाट उठाइनु पर्छ भनी माग गरिरहेको कुरो चर्चामा छ। गोजमुमोले पहाड़बाट आफ्नै उम्मेद्वार दिने चर्चा पनि केही दिन अघि आएको थियो। इण्डियन गोर्खा जनशक्ति फ्रण्टका मुख्य संयोजक अजय एडवर्डले गोजमुमो अध्यक्ष विमल गुरुङलाई संयुक्त रुपमा विधानसभा चुनाउ उत्रने प्रस्ताव दिएको चर्चाहरू पनि चलेको थियो। यी सबै कुरोको गणित नमिलेको कारण नै पहाड़मा विपक्षमा रहेका दलहरूले अहिलेसम्म विधानसभा चुनाउको निम्ति उम्मेद्वारको अनुहार अघि ल्याउन नसकेका हुन्‌‍ भन्ने कतिपय राजनीतिक जानकारहरूको मत छ।

कतिपय राजनीतिक जानकारहरू गोजमुमो भाजपा गठबन्धनबाट अलग नहुने, गोजमुमो भाजपा गठबन्धनबाट अलग नहुनु यसको बाध्यता हो भन्ने भनाइ पनि कतपियको छ। आईजीजेएफ भाजपा गठबन्धनमा नआउने पनि राजनीतिमा चासो राख्ने धेरैले बताइरहेका छन्‌‍। अजय एडवर्डको झुकाउ कंग्रेस तर्फ रहेको धेरैको दाबी छ। यस्तो अवस्थामा आगमी विधानसभा चुनाउमा क्षेत्रीयतावाद भन्दै विपक्षका राजनीतिक दलहरूले आ-आफ्नो उम्मेद्वार दिएको खण्डमा विपक्षको मत विभाजन भएर भाग्रोप्रमो उम्मेद्वारहरूले पहाड़बाट सजिलै जित्न सक्ने सम्भावना रहन्छ भन्ने कतिपय जानकारको मत छ। भाजपा गठबन्धनमा अघिका सबै दलहरू यथावत रहेको खण्डमा र आईजीजेएफले आफ्नो छुट्टै उम्मेद्वार खड़ा गरेको खण्डमा र जाति, माटो, गोर्खाल्याण्ड भन्ने संघ-संगठन, कार्यकर्ताहरू विधानसभा चुनाउमा खड़ा भएको खण्डमा पनि विपक्षको मत विभाजन हुने सम्भावा देखिएको छ।

पहाड़मा राज्यसत्ता अनि तृणमूल कंग्रेसप्रतिको 2017 पछिको नकारात्मक भावना अझ पनि धेरैको मनभित्र पाइएको छ। तथापि वर्तमानमा यो निकै कम भएको पाइएको छ। यस्तो अवस्थामा विपक्षी दलहरू एक हुन नसकेको खण्डमा भागोप्रमो उम्मेद्वारहरूको मौका राम्रो हुने सम्भावना देखिन्छ। विधानसभा चुनाउको घोषणा हुन बाँकी छ, चुनाउ हुनलाई लगभग एक महिना बाँकी रहेको छ। यस्तो अवस्थामा आगामी विधानसभा चुनाउमा कसको जीत हुन्छ भनी ठोकुवा गर्न नसकिए तापनि सम्भावित लेखाजोखा अनुसार चुनाउ चासो पूर्ण रहनेछ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ