दार्जीलिङ,2 मार्च(निस):दार्जीलि
दार्जीलिङ ट्राफिक पुलिस प्रशासनभित्र दार्जीलिङ ट्राफिकलाई व्यवस्थित तथा सहज बनाउनको निम्ति पुलिस अधिकारी दोर्जे शेर्पा दार्जीलिङ ट्राफिक अधिकारीको रुपमा पाँच पल्ट नियुक्ति भएका थिए, उनले गत 8 अगस्ट 2012 सालमा सर्वप्रथम दार्जीलिङ सदर ट्राफिक पुलिस अधिकारी ओसी-को रुपमा नियुक्ति भएका थिए भने उनी 7 जुन 2018 सालमा यहाँबाट स्थान्तरण भएर गएका थिए। त्यसरी नै उनी 6 जुन 2019 सालमा फेरि दार्जीलिङ ट्राफिक पुलिस अधिकारीको रुपमा नियुक्ति भए अनि 13 फरवरी 2021 सालमा यहाँबाट फेरि उनी स्थानान्तरण भएपछि फेरि उनी 18 सेप्टेम्बर 2021 सालदेखि 3 अगस्ट 2022 सालसम्म दार्जीलिङ ट्राफिक पुलिस अधिकारी ओसीको रुपमा पुनः नियुक्ति भएका थिए।
त्यसपछि शेर्पाले गत 22 फरवरी 2024 सालमा दार्जीलिङ ट्राफिक पुलिस कार्यालयमा ओसी-को रुपमा नियुक्ति लिए अनि ग्व्त 14 अगस्ट 2025 सालसम्म थिए भने उनी फेरि अन्य ठाउँमा स्थानान्तरण नभएर पुन: यही दार्जीलिङ सदर ट्राफिक पुलिस आइसी-को रुपमा गत 15 अगस्त 2025 सालको दिन सदर ट्राफिकको आईसी-को रुपमा नियुक्ति भए अनि 1 मार्च 2026 सालको दिन उनी अलिपुरद्वार ट्राफिक अधिकारीको रुपमा स्थानन्तरण भएको ट्राफिक पुलिस प्रशासन सूत्रले जानकारी गराएको छ। दार्जीलिङ सदर ट्राफिक पुलिस अधिकारीको रूपमा यति लामो सेवा पुर्याएपछि उनलाई दार्जीलिङ पहाडमा ट्राफिक व्यवस्था सुधार अनि मैत्रीक कुशल पुलिस अधिकारीको रूपमा चिन्ने गरिन्छ, उनले दार्जीलिङ शहरभित्र भएको ट्राफिक व्यवस्थालाई धेरै सुधार गरिएको अनि चालकहरूसित मैत्रीक भावनाले सेवा तथा व्यवहार गरेको विभिन्न सिन्डिकेटका चालक समूह हरूको भनाइ छ।












