कला सङ्गम मञ्च दार्जीलिङको वार्षिक साधारण सभा

Share this news

दार्जीलिङ, 2 मार्च(निसं): शनिबार, कला सङ्गम मञ्च दार्जीलिङको वार्षिक साधारण सभा स्थानीय गोर्खा दु:ख निवारक सम्मेलन दार्जीलिङको पुस्तकालय भवनमा सम्पन्न भयो। संस्थाको अध्यक्ष विशाल सर्घाईको अध्यक्षतामा सम्पन्न सभामा वर्ष 2025-26 सालमा स्वर्गरोहण भएका कसम-का सदस्यहरुका आफन्तजन एवं साहित्यिक अनि नेपाली समाजका प्रतिष्ठित व्यक्तिहरूका नाममा मौन धारण गरियो। मूल सचिव किसन सार्कीद्वारा गत वार्षिक साधारण सभाको विवरण पठन गरियो।
उक्त विवरण सही रहेको हुँदा सभाले अनुमोदन गरे।उसरी नै उनले मूल सचिवको वार्षिक प्रतिवेदन पनि पठन गर्दै संस्थाको वार्षिक कार्यक्रम एवं गतिविधिहरू विषय जानकारी गराए।सभामा वर्षभरिको आय-व्यायको फाँटवरी कोषाध्यक्ष अर्पण राईद्वारा पठन गरे भने सभामा  सदस्यहरूले विविध विषय लिएर आ-आफ्नो मत पनि प्रकट गरे। सभा अध्यक्ष विशाल सर्घाईको अध्यक्षीय वक्तव्य पछि समापन गरियो।विशेष गरी यस सभामा कला सङ्गम मञ्चको पुरानो कार्यकारिणी समिति विघटन गरी नयाँ कार्यकारिणी समितिको  पनि  गठन गरियो।
नयाँ समिति चुनाउ प्रक्रियाद्वारा गठन भयो। पूर्व कार्यकारिणी समितिका अध्यक्ष विशाल सर्घाई, उपाध्यक्षगण बिसान कार्की , प्रविणा खातुन, मूलसचिव किसन सार्की,संयुक्त सचिवगण योगिता राई र निवेदिता खालिङ,कोषाध्यक्ष अर्पण राई, कार्यकारी सदस्यहरू हेमा भट्टराई, सुमन लामिछाने,अमरकृति राई, सञ्जीव गजमेर, राज काम्बाङ, दिवाकर सुब्बा, श्रेय प्रधान र बिनु छेत्री रहेका थिए भने नयाँ समितिका अध्यक्ष बिसान कारकी, उपाध्यक्ष सुमन लामिछाने र हेमा भट्टराई, मूल सचिव योगिता राई, सहसचिव निवेदिता खालिङ र सञ्जीव गजमेर, कोषाध्यक्ष प्रवीणा खातुन, कार्यकारी सदस्यहरू विशाल सर्घाईं, दिवाकर सुब्बा, मनणिराज खनाल, देवा विश्वकर्म, किसन सार्की, अर्पण राई,राज काम्बाङ, र मोजेस त्रिखत्री रहेका छ्न्।
नवनिर्वाचित पदाधिकारिगण लगायत कार्यकारी सदस्यहरूलाई बधाई दिँदै चुनाव अधिकारी मणिराज खनाल अनि पूर्व अध्यक्ष विशाल सर्घाईँद्वारा माल्यार्पण गरियो भने नवनिर्वाचित अध्यक्ष विसान कार्कीको वक्तव्य पछि सभा वर्खास्त गरियो भनी मूल सचिव योगिता राईद्वारा जानकारी प्राप्त भएकोछ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ