भागोप्रमो दार्जीलिङ १० समष्टि ३ को चुनावी जनसभा आयोजित

Share this news

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, ३ न० समष्टिक‍ो चुनावी जनसभा मारवाडी सहायक भवन, दार्जीलिङमा शनिबार आयोजन गरियो। समष्टि अध्यक्ष गणेश सार्कीको सभापतित्व साथै पार्टीका बिधान सभा उम्मेदवार बरिष्ठ साहित्यिक, शिक्षाविद् एवम् समाजसेवी बिजय कुमार राईको उपस्थितिमा सम्पन्न भयो। सभामा बिशेष रूपमा पार्टीका केन्द्रीय सह सचिव ज्योति राई, बुद्ध तामङ, महकुमा अध्यक्ष आलोक कान्तमणि थुलुंग, केन्द्रीय सदश्यद्वय बुद्ध तामाङ , केशवराज पोख्रेल साथै नगर पार्षद, पार्षदिकाहरूको सहभागीता थियो। सभामा उपस्थित समष्टिका एक ठुलो जन समुहलाई उद्धृत गर्दै केशवराज पोख्रेलले स्वयं साथै अन्य रलाई राजनैतिक उत्पीडन गरिएको तर युवावयदेखिनै राजनीतिक रूपमा संघर्षरत रहेको र अन्तमा सत्यको अवश्य बिजय हुन्छ भनी बिश्वस्त रहेको सभालाई जनाए ।हाम्रो जन्ताहरू साह्रै भावनात्मक रहेकोले बारम्बार २० बर्षदेखि बिजेपीलाई सांसद साथै बिधायक बनाए पनि पहाडलाई ढाँटेर मात्रै फोस्रे आस्वासन बाहेक केही नदिएको साथ‌ै जनतालाई खालि भोट हाल्ने मशिन मात्रै बनाएकोले यो पटक हाम्रो उम्मेदवार खाँटी भुमि पुत्र तथा बरिष्ट शिक्षाविद् बिजय राईलाई भारी मतले जिताउने आह्वान गरे। पार्टी उम्मेदवार बिजय राईले दार्जीलिङ बजारमा नै जन्मेर, हुर्केको र पडेको साथै सामाजिक, राजनीतिक कार्ममा संगलग्न रहेकोले दार्जीलिङ जिल्ला अन्तर्गतका शहर, कमान बस्तीका जनताका प्रत्येक समस्यासंग अवगत रहेकोले आफू चुनिएको खण्डमा हाम्रो प्राथमिक समस्याहरू बिधानसभामा जोडले उठाउने साथै त्यसलाई पूरा गर्न लागि पर्ने सभालाई जनाए।

स‌‌ैद्धान्तिक रूपमा हुन सक्ने कामहरू गर्न पछि नहट्ने तर आफ्नो क्षमता बाहिरको काम गरिदिन्छु भनी जनतालाई झुट नबोल्ने पार्टीको सत्यलाई मात्रै साथ दिने पार्टीको सैद्धान्तिक पक्षमा आफू अडिग रहने जनाए । पुनः जनताको सेवाको निम्ति बजारमा नै उपलब्ध रहने हुनाले अब उसो जनता कुनै पनि कामको घरि पहाड घरि मदेस धाउन नपर्ने पनि सभालाई आश्वस्त गराए। आफ्नो मत राख्ने क्रममा आलोक कान्तमणि थुलुंगले बिजेपीलाई जिताएर पुरस्कारको रूपमा कालेबुड र दार्जीलिङ जिल्लाबाट धेरै मतदाताहरूको नाम काटिएकोले जनताले यस पटक बिजेपी जस्तो ढाँट्ने पार्टीलाई मत नदिने आग्रह गरे। सपना मात्रै देखाउने पार्टीलाई पटकपटक साँसद र बिधायक बनाउँदा पहाड बिकासमा पछि हुन परेको सत्य पनि सभालाई जनाए । बिशेष रूपमा यश पालिको बिधान सभा चुनावमा बिजेपीले आफ्नो घोषणापत्रमा यदि ” “गोर्खाल्यान्ड दिन्छु” भनी लेख्यो भने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले पहाडको ३ वट‌ै सीटबाट आफ्नो उम्मेदवारी फिर्ता लिनेछ भनी बिजेपीलाई खुल्ला चुनौती दिए। त्यस पछि भागोप्रमोको ‘ नयाँ सोच, नयाँ बिचार भन्ने सिद्धान्तलाई मन पराएर वार्ड स० २० को बिजेपीबाट क्रमशः रोशन मंगर, लाडेन तामाङ , बरसाना हमाल , पासंग शेर्पा , डोर्सा तामाङ , अजान छेत्री वार्ड स० १५ बाट सावन थापा, वार्ड स० ११ बाट गोजमुमोबाट पारू थापा साथै बिशेष रूपमा आई जी एफका टाउन कोअर्ङिनेटर टाँसि छिरिङहरूले पार्टीको झण्डा ग्रहण गरि भागोप्रमोमा सामिल भए । अन्तमा समष्टि अध्यक्ष गणेश सार्कीले आफ्नो वार्डमा गरिएको बिकास को बिवरण राख्दै पहाडमा शान्तिपूर्ण वातावरण ल्याउने नै केन्द्रीय अध्यक्ष एवम् जीदिए प्रमुख अनित थापा हुन् पुनः पहाडमा अशान्ति मच्चाउन नदिन जनताले आफ्नो बिवेक ष्रयोग गरि भागोप्रमोलाई भारी मतले बिजय तुल्याउने आग्रह गरेको सुधीर घलेद्वारा जानकारी पनइएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ