हुक्कर रोड-हेप्पी भ्याली मार्ग राकेश सार्की रोड नामाकरण 

Share this news

दार्जीलिङ,29 फरवरी(निसं): हुक्कर रोड-हेप्पी भ्याली मार्गलाई राकेश सार्की रोड नामाकरण गरियो।हेप्पी भ्याली, शनिबार हुक्कर रोडदेखि हेप्पी भ्याली क्षेत्रसम्म जाने सडकलाई एक कार्यक्रमवीच शनिबारदेखि औपचारिक रूपमा राकेश सार्की रोड नामाकरण गरिएकोछ। हेप्पी भ्यालीका 6 वटा समाज, जीटीए , पञ्चायत समिति, विभिन्न राजनैतिक दल तथा जातीय संगठनहरूको संयुक्त पहलमा उक्त मार्गलाई स्वर्गीय समाजसेवी राकेश सार्कीको नाममा समर्पित गरिएको हो भनी सदर-1 समष्टि अध्यक्ष अमृत योञ्जनले जानकारी गराएका छन्।योञ्जनको जानकारी अनुसार, स्वर्गीय राकेश सार्की हेप्पी भ्याली समाजका एक समर्पित समाजसेवी थिए।
उनले आफ्नो जीवनकालमा थुप्रै सामाजिक कार्यहरूमा सक्रिय योगदान दिएका थिए। दुर्भाग्यवश, उनको असामयिक निधनपछि समाजले उनको योगदानको उच्च मूल्याङ्कन गर्दै यस सडकलाई उनको नाममा नामाकरण गरेको हो। नामाकरण समारोहमा अल इण्डिया सेड्युल कास्ट एसोसिएसन-का केन्द्रीय समिति सदस्यहरू, पञ्चायत समिति सभाधिपति दिक्षेन बम्जन, समष्टि अध्यक्ष अमृत योञ्जन, सचिव समरिश गुरुङ, दावा लामा तथा हेप्पी भ्यालीका सबै 6 वटा समाजका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वर्गीय राकेश सार्कीको स्मरणमा पूजा-अर्चना गरिनुका साथै राकेश सार्की रोड लेखिएको साइन बोर्ड-को उद्घाटन समेत गरिएको थियो। समाजसेवामा उनको अतुलनीय योगदानलाई चिरस्मरणीय बनाउने उद्देश्यले गरिएको यस पहललाई स्थानीयवासीहरूले स्वागत गरेका छन्।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ