दार्जीलिङ,29 फरवरी(निसं): यस वर्ष 2026 सालमा हुने पश्चिम बंगाल विधानसभा निर्वाचनका लागि घोषणा-पत्र ड्राफ्टिङ समिति गठन गरिएको जानकारी गराउदै इण्डियन गोर्खा जनशक्ति फ्रण्ट(आईजीजेएफ) केन्द्रीय कार्यालयबाट एक प्रेस विज्ञप्ति जारी गर्दै भने अनुसार,
यस वर्ष 2026- को पश्चिम बंगाल विधानसभा निर्वाचनलाई केन्द्र गर्दै इण्डियन गोर्खा जनशक्ति फ्रण्ट (आईजीजेएफ)-ले पार्टीको घोषणापत्र तयार पार्न निर्वाचन घोषणापत्र ड्राफ्टिङ समिति गठन गरेकोछ।
जानकारी अनुसार, गत 23२३ फरवरीको दिन सम्पन्न पार्टीको निर्वाचन समितिको बैठकले उक्त निर्णय गरेको हो। समितिको सचिवका रूपमा फिञ्जो वाङ्ग्याल गुरुङलाई नियुक्त गरिएको छ। समितिले निर्धारित समयसीमा भित्र जनभावना अनुकूल, समावेशी तथा स्पष्ट कार्ययोजना सहितको घोषणापत्र तयार पार्नेछ।
गठित समितिका सदस्यहरूमा नोर्बु छेरिङ भुटिया, भारतीय प्रहरी सेवा (सेवानिवृत्त) केन्द्रीय कार्यसमिति सदस्य तथा पूर्व आयुक्त, दिल्ली प्रहरी। भेर्नोन ब्रिट्टो लेप्चा, पश्चिम बंगाल सिविल सेवा (कार्यकारी) (सेवानिवृत्त) पूर्व उप-मजिस्ट्रेट तथा उप-कलेक्टर। फिञ्जो वाङ्ग्याल गुरुङ सचिव, निर्वाचन घोषणा-पत्र ड्राफ्टिङ समिति तथा केन्द्रीय कार्यसमिति सदस्य। जितेन राई सभासद् एवं केन्द्रीय कार्यसमिति सदस्य। डीके गुरुङ अध्यक्ष, श्रमिक संगठन तथा केन्द्रीय कार्यसमिति सदस्य। जतन राई महासचिव, श्रमिक संगठन तथा कार्यसमिति सदस्य। रोशन लामा केन्द्रीय कार्यसमिति सदस्य। पवन थापा अधिवक्ता तथा कानुनी सल्लाहकार। दिपु थापा सञ्चार प्रमुख तथा केन्द्रीय कार्यसमिति सदस्य। ताशी भुटिया प्राध्यापक तथा पार्टी प्रमुखका सल्लाहकार सामेल रहेको आईजीजेएफ-को प्रेस विज्ञप्तिमा उल्लेख गरिएकोछ।
थप जानकारी अनुसार,आवश्यकता अनुसार समितिमा थप सदस्यहरू समावेश गरिने पार्टीले जनाउदै यस समितिका सम्पूर्ण सदस्यहरूलाई आफ्नो जिम्मेवारी तत्काल प्रारम्भ गरी तोकिएको समयसीमाभित्र घोषणापत्र पेस गर्न पार्टीले अनुरोध गरिएकोकोछ।












