Terai Dooars politics
Terai Dooars politics

आदिवासी काम्तापुरी अनि मोर्चा बीचमा सभा सम्पन्न

Share this news

गोर्खा, आदिवासी, राजवंशी, टोटो र मेचेसंगै काम्तापुरीहरूले धेरै लामो समयदेखि लडदै आइरहेको आफ्नो चिन्हारी, आफ्नो राष्ट्रिय सुरक्षा आफ्नो माटोको युद्ध बीच आगमी बिधान सभा चुनाउमा के कस्तो आफ्नो भूमिका निर्वाह गर्नु पर्छ भन्ने विषयलाई लिएर आज गोर्खा जनमुक्ति मोर्चा केन्द्रीय अध्यक्ष श्रीमान बिमल गुरुङ ज्युको पहलमा एउटा महत्वपूर्ण भेटघाट सभा सिलगढीको सालबारी स्थित प्रज्ञा भवनमा सम्पन्न भयो। सभामा मोर्चाको तर्फबाट अध्यक्षको साथमा महासचिव श्रीमान रोशन गिरी, सांगाठनिक सचिव श्री बिमल प्रधान प्रधान, तराई डुवर्स एकता मञ्चका प्रमुख संयोजक श्री शिव सुनुवार, गोर्खा जनमुक्ति युवा मोर्चा अध्यक्ष श्रीमान नोमन राई, सिलगढी तराई क्षेत्रका सचिव श्रीमान बाबु तामाङको उपस्थिति रहेको थियो।

काम्तापुरी स्टेट डिमाण्ड काउन्सिलका केन्द्रिय अध्यक्षिका तोपती राई मलिक, प्रवक्ता श्रीमान रतन वर्मन, प्रमुख सल्लाहकार श्रीमान मनचलाल सिंह, केन्द्रिय सदस्य श्रीमान सुब्रोत रोयको साथमा अन्य बिभिन्न केन्द्रिय अधिकारीहरूको उपस्थिति रहेको थियो।

आजको सभामा गोर्खा जनमुक्ति मोर्चा अनि काम्तापुरी स्टेट डिमाण्ड काउन्सिलबीच आफ्नो छुट्टै राज्यको मांग लिएर केन्द्र सरकारअघि संवैधानिक युद्ध लडने साथै आउने बिधान सभा चुनाउमा पनि एक भएर लड्ने मसौदाबीच सम्झौता भएको गोजमुमोका महासचिव श्रीमान रोशन गिरीले जानकारी दिएका छन्।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

आजको रोजाइ