बस्नेत गाउँमा नरिवल मात्र फुटाए, तर बाटो निर्माण नगरेको आरोप

Share this news

इण्डियन गोर्खा जनशक्ति फ्रन्ट तकदाह–टिष्टा भ्याली समष्टि उपाध्यक्ष निर्मला छेत्रीले, सरकारसँग मिलेर काम गर्छौं भन्नेहरूले बस्नेत गाउँमा नरिवल मात्र फुटाए, तर बाटो निर्माण गरेको आरोप लगाइन्। छेत्रीले अजय एडवाडर्सको सहयोगमा बाटो निर्माण कार्य धमाधम हुँदैछ, गाउँलेहरू धेरै खुसी रहेको दावि गरिन्।
राज्य सरकारसँग मिलेर पहाडको विकास गर्छौं भन्नेहरूले नरिवल फुटाउँदै बाटो निर्माण गरिदिने वाचा तकदाह–टिष्टा भ्याली समष्टि अन्तर्गत बस्नेत गाउँका मानिसहरूसँग गरेका थिए, तर बाटोको निर्माण भएन। पहाडको सत्ता चौकीमा बसेका नेतृत्वहरूले बस्नेत गाउँमा नरिवल फुटाएको धेरै भयो, तर बाटो निर्माण कार्य नहुँदा गाउँलेहरू क्षेत्रीय सरकार जीटीएका सबै कार्यालयहरूमा पुगे। तर कहीँकतैबाट सन्तोषजनक उत्तर नपाएपछि आफूहरूले भोग्दै आएका समस्याहरू अजय एडवाडर्ससमक्ष सुनाए।

अजय एडवाडर्स सरकार होइनन्, उनी कुनै बोर्डमा पनि छैनन्, तर जनताले भोग्दै आएका समस्याहरू हेर्न नसक्ने उनी साँचो नेता हुन्। बस्नेत गाउँका गाउँलेहरूले अजय एडवाडर्ससमक्ष आफूहरूले भोग्नुपरेका समस्याहरू सुनाएपछि उनले अहिले एक सय ब्याग सिमेन्ट लगेर बाटो निर्माण कार्य सुरु गर्ने सुझाव दिए। बस्नेत गाउँमा बाटो निर्माण कार्य धमाधम चलिरहेको छ। अजय एडवाडर्सले अहिलेसम्म ६ सय ब्यागभन्दा धेरै सिमेन्ट दिइसकेका छन्, अझ दुई सयभन्दा धेरै सिमेन्ट लाग्ने गाउँलेहरू बताउँछन् र ती सिमेन्ट पनि अजय एडवाडर्सले नै दिने भएका छन्। तकदाह–टिष्टा भ्यालीको बस्नेत गाउँमा बाटो नभएको कारणले गर्दा गाउँमा दुःख–बिमार परेको खण्डमा गाउँलेहरूले बिरामीहरूलाई स्ट्रेचरमा बोकेर स्वास्थ्य केन्द्रमा पुर्‍याउनुपर्थ्यो। गाउँघरमा कुनै प्रकारको काम परेमा सरसामग्रीहरू बोकेर घरसम्म पुर्‍याउनुपर्थ्यो, तर अब ती सबै संकटका दिनहरू समाप्त भएको गाउँलेहरू बताउँछन्।
सप्ताहका प्रायः सबै दिनहरू बस्नेत गाउँका मानिसहरू आ–आफ्नो कामतिर गए तापनि आइतबारको दिन अजय एडवाडर्सले दिएको सिमेन्ट लिएर गाउँलेहरूले बाटो निर्माणका लागि श्रमदान गर्दै आएका छन्। आउने आइतबार पनि गाउँलेहरूले श्रमदान गर्नेछन्।

अजय एडवाडर्सको उदार हृदयका कारण आज तकदाह–टिष्टा भ्यालीको बस्नेत गाउँमा बाटो पुग्न सफल भएको छ। अजय एडवाडर्सप्रति बस्नेत गाउँका मानिसहरू धेरै खुसी छन्। एडवाडर्सप्रति श्रद्धा व्यक्त गर्दै बस्नेत गाउँका मानिसहरूले आफ्ना घरका छतहरूमा इण्डियन गोर्खा जनशक्ति फ्रन्टको झण्डा लगाएका छन्। बस्नेत गाउँका मानिसहरूले अजय एडवाडर्स एकचोटी आफ्नो गाउँमा पाइला राखिदिन अनुरोध गरेका छन्। दार्जीलिङ पहाडमा धेरै नेताहरूको जन्म भयो, तर आफ्नो गोजीको पैसा खर्च गरेर जनताको समस्यालाई समाधान गर्ने नेता आजसम्म अजय एडवाडर्स मात्र रहेको बस्नेत गाउँका बासिन्दाहरू बताउँछन्।

अजय एडवाडर्स सरकार होइनन्, तर सरकारले गर्नुपर्ने कामहरू उनले गर्दै आएका छन्। यस्ता नेतालाई हामीले एकपटक मौका दिनैपर्छ भन्ने धारणा राख्दै बस्नेत गाउँका हरेक बासिन्दा अजय एडवाडर्ससँग खडा भएका छन्। अब हुने विधानसभा चुनावमा अजय एडवाडर्सलाई धेरै मतले विजय गराउने संकल्प लिएका छन्।

बस्नेत गाउँजस्ता पहाडका धेरै अवहेलित गाउँहरू छन्। ती गाउँहरूमा अजय एडवाडर्सले बाटो, पुल, खेल मैदान, समाजघर आदि जस्ता आधारभूत सुविधाहरू आफ्नो गोजीको पैसाले प्रदान गर्दै आएका छन्।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ