बीजेपीले माल, नगरकट्टा, मादरी, कालचीनीमा गोर्खा उम्मेद्वार उठाओस्

Share this news

भारतीय जनता पार्टी गोर्खाजातिको हिमायती भारतीय जनता पार्टी हो भने ​दार्जीलिङ पहाडका तीनवटा विधानसभा समष्टिहरूमा क्षेत्रीय गठबन्धनका दलहरूका उम्मेद्वारहरूलाई समर्थन गरियोस् अनि डुवर्सका चारवटा विधानसभा क्षेत्र माल,नगरकट्टा, मादरी अनि कालचीनीमा गोर्खा उम्मेदवार उठाओस् भनी विनय तामाङले आफ्नो अढान राखेका छन्। ​उनले दार्जीलिङ पहाड, तराई र डुवर्सको राजनैतिक भविष्य र गोर्खा जनसमुदायको न्यायोचित प्रतिनिधित्वलाई सुनिश्चित गर्न म भारतीय जनता पार्टीको केन्द्रीय अनि पश्चिम बङाल राज्यका नेतृत्व साथै सांसद राजु विष्ट समक्ष एउटा गम्भीर र रणनैतिक अपिल राख्न चाहन्छु।

​वर्तमान राजनैतिक परिस्थिति र क्षेत्रीय आकांक्षाहरूलाई मध्यनजर राख्दै मैले भाजपा नेतृत्वलाई निम्न दुईवटा महत्वपूर्ण बुँदाहरूमा ध्यान केन्द्रित गर्न विशेष आग्रह गरेको हुँ- ​१. दार्जीलिङ पहाडका तीन समष्टिहरूमा क्षेत्रीय शक्तिलाई समर्थन :​दार्जीलिङ पहाडका तीनवटा मुख्य विधानसभा क्षेत्रहरू—दार्जीलिङ, कालेबुङ र खरसाङ—मा भाजपाले आफ्ना उम्मेदवारहरू नउठाई यहाँका क्षेत्रीय गठबन्धन दलहरूका उम्मेदवारहरूलाई पूर्ण समर्थन दिनुपर्छ। पहाडको माटोको भावना र क्षेत्रीय पहिचानलाई सम्मान गर्दै यो कदम चाल्नु अपरिहार्य छ। यसले क्षेत्रीय शक्ति र केन्द्रबिचको सम्बन्धलाई अझ प्रगाढ बनाउनेछ। ​२. डुवर्सका चार समष्टिहरूमा ‘गोर्खा उम्मेदवार’ को सुनिश्चितता :​डुवर्स क्षेत्रमा गोर्खा जनसमुदायको ठूलो जनसङ्ख्या र प्रभाव रहेको छ। यसर्थ, आगामी निर्वाचनमा भाजपाले निम्न चारवटा विधानसभा समष्टीहरू माल, नगरकट्टा , मादरीहाट अनि कालचीनीमा अनिवार्य रूपमा भुमिपुत्र गोर्खा उम्मेदवारहरू उठाओस् भन्ने मेरो दृढ मांग राख्दछु।

दार्जीलिङ पहाड़ तराई अनि डुवर्सका गोर्खाहरूले दशकौँदेखि भाजपालाई निःस्वार्थ समर्थन दिँदै आएका छन्। अब भाजपाले पनि उक्त क्षेत्रका गोर्खाहरूको राजनैतिक प्रतिनिधित्वलाई मान्यता दिँदै उनीहरूलाई नै नेतृत्व गर्ने अवसर प्रदान गर्नुपर्छ।

यदि भाजपाले पहाडमा क्षेत्रीय शक्तिलाई स्थान दिने र डुवर्समा गोर्खा उम्मेदवारहरूलाई अघि सार्ने निर्णय गर्छ भने, यसले समग्र क्षेत्रमा एउटा सकारात्मक सन्देश जानेछ र गठबन्धनको जीत सुनिश्चित हुनेछ। म आशा गर्दछु कि भाजपाको उच्च स्तरीय नेतृत्वले यस अपिललाई गम्भीरतापूर्वक लिनेछ।

Share this news
आजको रोजाइ
२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

आजको रोजाइ