दार्जीलिङ,27 फरवरी(निसं): रिम्बिक- लोधोमा समष्टि अन्तर्गत सिरीखोला डाँडागाउँ ग्राम पञ्चायत अन्तर्गत वैशाखे निवासी टिकामान राईका छोरा सबिन राईको भान्सा घरमा आगलागी भएको खबर प्रकाशमा आएको छ। बिहानको समय भान्साघरको चुलामा आगो जलाई राखेर घरका सबै सदस्यहरू आ-आफ्ना कामतिर लागेको समय लगभग 6:30 बजीतिर चुलाबाट नै आगो फैलिएपछि राईको भान्सा घर पूर्ण रूपले आगोको चपेटामा परेर खरानी बनेको जानकारी स्थानीयहरुले दिएका छन् भने आगोको चपेटामा परेर घरमा राखिएको आवश्यक कागजातहरु पनि डढेर खरानी बनेको पीडित परिवारले जनाएकोछ। घटनाको खबर पाउनासाथ स्थानीय ग्राम पञ्चायत प्रतिनिधिहरू अनि क्षेत्रीय सभासद् नोर्देन शेर्पा घटनास्थलमा पुगेर पीडित परिवारलाई राहत सामग्री लगायत आवश्यक सामानहरू प्रदान गरेको जानकारी छ। यस्तोमा आगलागीका कारण क्षति बेहोर्न परेका पीडित परिवाएले सहयोगको अपेक्षा गरेका छन्।












