आरनोवाद्वारा मोनिका राणाकृत “किनाराहरू”माथि विमर्श कार्यक्रम आयोजित

Share this news

एसोसिएशन फर रिसर्च अन् नन्प्रफिट अर्गनाइजेसन्स एन्ड वल्युन्टेरी एक्टिविटिज “आरनोवा”ले एक वर्षीय रजत जयन्ती पालन गरिरहेको छ। उक्त क्रममा आठौं कार्यक्रमको रुपमा विमर्शको आयोजन गरिएको थियो। आरनोवाका सल्लाहकार जीवन राणाद्वारा अध्यक्षता गरिएको समारोहमा मुख्य अतिथिको रुपमा प्रमुख सल्लाहकार डा. किङ्ग गुनु घर्तीको उपस्थिति रहेका थिए। विशिष्ट अतिथिहरूमा सल्लाहकार तथा साहित्य अकादमी पुरस्कृत मुक्ति उपाध्याय बराल, बरिष्ठ साहित्यकार युवराज काफ्ले, धनहाङ सुब्बा, सल्लाहकार सुष्मा गुरूङ मोक्तान, जीके भट्टराई, बीरबल तामाङ, मिरिक, अमीता जी. थापा “अणु”, गणेश प्रधान, बलबहादुर विश्वकर्मा, लतिका जोशी र अरू धेरै अतिथिहरूको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रम डा. सुकराज दियालीले कृतिमाथि मुख्य वक्तव्य राखेका थिए। यही क्रममा विमर्शको मध्यस्थता आरनोवाका कार्यकारी अध्यक्ष मेनका तामाङले गरेकी थिइन्। जसको जिज्ञासाहरूलाई . सुकराज दियालीले पूर्णता दिए।
कार्यक्रमका प्रमुख अतिथि . किङ्ग गुनु घर्तीले “किनाराहरू” नभएर यसलाई गोर्खा जातिको पहिचानको दस्तावेज भन्नपर्ने बताए। विशिष्ट अतिथि युवराज काफ्लेको भनाइ अनुसार मोनिका राणाले सानो उमेरमा ठूलो काम गरेकी बताए। क्रमश: लतिका जोशीले, साउतीको दशौं कार्यक्रम “आरनोवा”ले नयाँ दिल्लीको गोर्खा भवनमा भव्यरुपले आयोजन गरेको सम्झना गर्दै मोनिका राणाकृत “किनाराहरू”माथि विमर्श कार्यक्रमको आयोजन गरेकोमा श्याबासी दिइन्।
क्रमशः सुष्मा गुरूङ मोक्तानले मोनिकालाई अरू पनि पुस्तक लेख्न शुभकामना र आशीर्वाद दिइन्। यसरी नै जीके भट्टराई अनि बलबहादुर विश्वकर्माले मोनिका राणालालाई “किनाराहरू” जस्तो कृति सृजना गरेकीमा गरेकीमा आशीर्वाद दिए।
स्मरण रहोस्, “आरनोवा”ले राष्ट्रिय सर्जक गोपालसिंह नेपाली बस्नेतलाई विश्वमा नै चिनाउने अभियान चलाइरहेको छ। उक्त क्रममा 9 सेप्टेम्बर 2024 को दिन दार्जीलिङको गोर्खा भवनमा नेपालीको 113औं जयन्तीाई सफल पार्न दिएकी योगदानको कदर गर्दै अमीता जी. थापा “अणु”लाई सम्मान गरियो।
कार्यक्रमको सञ्चालन गर्दै “आरनोवा”का संस्थापक रुबेन गुरूङले, महिलाहरूलाई हरेक क्षेत्रमा अघि बढाउने उद्देश्य “आरनोवा”ले राखेको छ। र नै यो संस्थान् मा उच्च स्थान दिंदै आएको बताउँदै विश्वभरिका सम्पूर्ण गोर्खा महिलाहरूलाई अन्तर्राष्ट्रिय महिला दिवस (8 मार्च)को उपलक्ष्यमा अग्रिम शुभकामना दिए।
सभाध्यक्ष जीवन राणाले “किनाराहरू” लेख्दा मोनिकाले गरेकी संघर्ष र मेहेनतको बारेमा विस्तृत जानकारी गराए। उनले यो विमर्श कार्यक्रममा उपस्थित हुने सम्पूर्ण शुभचिन्तकहरूप्रति आभार व्यक्त गरे।
उक्त कार्यक्रम सफल पार्न “आरनोवा”का उपाध्यक्ष मोहन लुइँटेल, संयुक्त सचिव बलु गुरूङ, संयोजिका सङ्गीता राई, कार्यकारी सदस्या दीपा साइन, प्रशन्सा गुरूङ र अन्यान्यको योगदान रहेको थियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ