SIR माथि महत्वपुर्ण जानकारी जनहितको निमित्त -विनय तामाङ

Share this news

पश्चिम बंगालमा मतदाता सुची (Electoral Roll) को प्रकाशन बारे निर्वाचन आयोग (ECI) र सर्वोच्च अदालतको हालैको निर्देशन अनुसार मुख्य जानकारीहरू यस प्रकार छन्:
​मतदाता सुची प्रकाशन सम्बन्धी मुख्य विवरण :

​भारतको सर्वोच्च अदालतले २८ फरवरी २०२६ मा पश्चिम बंगालको अन्तिम मतदाता सुची सार्वजनिक गर्न निर्वाचन आयोगलाई आदेश दिएको छ।

​१. तीन श्रेणीमा मतदाताको नाम ​यसपटक मतदाता सुचीमा ७.०८ करोड नामहरू समावेश हुनेछन्। तर ती नामहरूलाई तीनवटा मुख्य भागमा विभाजित गरिएको हुनेछ- ​Approved (स्वीकृत): जसको प्रमाणिकरण सफलतापुर्वक पूरा भएको छ- ​Deleted (हटाइएको): सुचीबाट हटाइएका नामहरू – यद्यपि यी नामहरू सुचीमा देखिनेछन् तर उनीहरू मतदान गर्न योग्य हुनेछैनन्।- ​Adjudication/Under Consideration (विचाराधीन): लगभग ६० लाख मतदाताहरूको नाम अहिले ‘Adjudication’ श्रेणीमा राखिएको छ। यिनीहरूको प्रमाणिकरण अझै जारी छ, त्यसैले २८ फरवरीमा यिनीहरूले सिधै मतदानको अधिकार पाउने छैनन्। सुचीमा भने नाम आउनेछन् अनि नामको छेउमा Adjudication लेखिएको हुनेछ। ​२. पुरक सुची (Supplementary Lists) : ​सर्वोच्च अदालतले स्पष्ट पारेको छ कि २८ फरवरी अन्तिम मिति भएतापनि जो मतदाताहरूको प्रमाणिकरण बाँकी छन् , उनीहरूको लागि थप पुरक ( Supplimentary) मतदाता सुचीहरूपनि पछिबाट जारी गरिनेछ । यी पुरक सुचीमा नाम समावेश हुनेहरूलाई २८ फरवरीकै मूल सुचीको हिस्सा मानिनेछ। ​३. न्यायिक अधिकारीहरूको भूमिका :​राज्य सरकार र निर्वाचन आयोग बीचको “अविश्वास” (Trust Deficit) का कारण सर्वोच्च अदालतले ५३० भन्दा बढी न्यायिक अधिकारीहरूलाई ( Court Judges) यस प्रक्रियाको निरीक्षण गर्न खटाएको छ।

अब ​आफ्नो नाम कसरी चेक गर्ने?

​तपाईं २८ फरवरी पछि निम्न माध्यमहरूबाट आफ्नो नाम र स्थिति (Status) चेक Online गर्न सक्नुहुन्छ:
ECI को ​आधिकारिक वेबसाइट:voters.eci.gov.in वा ceowestbengal.wb.gov.in अनि ​मोबाइल एपबाट: हो भने ‘ECINET’ वा ‘Voter Helpline App’
​Offline : BLO (Booth Level Officer) सँग सम्पर्क गरेरपनि नाम हेर्नसक्नुहुनेछ ।

​विशेष नोट: यदि तपाईंको नाम ‘ ‘Adjudication’ वा ‘Deleted’ श्रेणीमा छ भने नआत्तिनुहोस्। प्रमाणिकरण प्रक्रिया पुरा भएपछि पुरक (Supplimentary) सुचीमार्फत नाम सुधार्ने मौका मिल्नेछ। तर तपाई BLO / Supervisor / A.E.R.O. / E.R.O. सम्पर्क राखेर जानकारी लिॅदै गर्नुपर्नेछ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ