आरडीएक्स राखिएको खबरले  दार्जीलिङ मुख्य डाकघरमा मच्चियो सनसनी

Share this news

दार्जीलिङ, 27 फरवरी (निसं): साइनाइड ग्यास मिसाइएको विष्फोटक आरडीएक्स राखिएको खबर पाएपछि आज दिउँसो दार्जीलिङको मुख्य डाकघर वा पासपोर्ट सेवा केन्द्रमा पनि सनसनी मच्चियो। डाकघऱका सम्पूर्ण कर्मचारीहरू अत्तालिंदै डाकघरबाट बाहिर निस्किन परेको थियो। एकाएक यहाँ आतङ्कको माहौल सृजना भएको थियो। विशेष मैसुरमा सञ्चालित आजाद कश्मीर पाक आईएसआई सेलका पूर्व क्यू शाखाका सदस्यहरूले कलकताको पासपोर्ट कार्यालयलाई लक्ष्य गरेर एउटा ट्रेल मेल गरेको थियो। जसको आधारमा नै कलकत्ता पासपोर्ट कार्यालयले आफ्नो अधीनमा रहेका सम्पूर्ण पासपोर्ट शाखा कार्यालयहरूलाई यसबारे सतर्क रहने निर्देश जारी गरेको थियो। यो निर्देश दार्जीलिङको मुख्य डाकघरलाई पनि आएको थियो। किनभने, दार्जीलिङको मुख्य डाकघरमा नै पोसपोर्ट शाखा पनि सञ्चालित छ। यसप्रकारको ट्रेल मेल प्राप्त भएपछि नै दार्जीलिङको मुख्य डाकघरमा आज दिउँसो आतङ्कको माहौल सृजना भएको हो। यसको जानकारी पाउनसाथ दार्जीलिङ पुलिसले डाकघरमा आएर सम्पूर्ण जाँच गरेको थियो, जहाँ कुनै संदिग्ध सामान वा आरडीएक्स जस्तो विष्फोटक नपाएपछि स्थिति सामान्य बनेको थियो। तरै पनि उक्त ट्रेल मेलमा उल्लेख गरिएअनुसार, डाकघरका सम्पूर्ण कर्मचारीहरू मध्यान्ह 12 बजीभित्र डाकघरबाट बाहिर निस्किसकेका थिए। आईएसआईद्वारा पठाइएको ट्रेल मेलमा यस्तो लेखिएको थियो।
दिउँसो १:१५ बजी तपाईंको पासपोर्ट कार्यालयमा 19वटा साइनाइड ग्यास मिसाइएको आरडीएक्स आईईडी राखिएको छ। यसैले यस कार्यालयभित्रका कर्मचारीहरू सुरक्षित रहन 12 बजीसम्म नाक, मुख छोपेर कार्यालय खाली गर्नपर्छ। पासपोर्ट कार्यालयका अधिकारी तथा कर्मचारीहरूलाई सम्बोधन गरेर लेखिएको मेलमा यस्तो लेखिएको छ-तमिलनाडुका पुलिस कन्सटेबलहरूलाई निवेथा पेथुराज र अन्य डीएमकेका नेताहरूले आफ्ना अवैध पत्नीहरूको लुगा र फोहोर भाँड़ा बर्तन सफा गर्न बाध्य बनाइएको छ।
यसैकारण धेरैले अपमानको अनुभव गरिरहेका छन्। यसैले मैसुरमा सञ्चालनमा रहेको आजाद कश्मीर पाक आईएसआई सेलका पूर्व क्यू शाखाका सदस्यहरूले आज 26 फरवरीको दिन तपाईंको पासपोर्ट कार्यालयलाई लक्ष्य गरेर यस्तो कार्यको विरुद्धमा बयान दिएको छ। मेलमा विष्फोट कसरी हुन्छ भन्नेबारे पनि बताइएको छ। जस अनुसार, सी-4 आरडीएक्स प्रयोग गरेर बनाइएका 19 वटा आरडीएक्स आईईडी पहिले नै कार्यालयका महत्वपूर्ण स्थानहरूमा राखिएको छ।
दिउँसो खाना खाने समय 1 वा 2 जना सदस्य कोलकाता कार्यालयको नजिकै आउनेछन् र रिमोट कन्ट्रोल ट्रिगर बोकेका पूर्व तमिलनाडु पुलिस-पाकिस्तानी आईएसआई सदस्यहरू परिसरको 100 फीटभित्र आउँदा आईईडी स्वतः विष्फोट हुनेछ। यदि कुनै कारण तिनीहरू सक्रिय भएनन् भने सदस्यहरू आफै भवनभित्र आउनेछन् र श्रीलंकाली इस्टर आत्मघाती अपरेशनमा जस्तै सबै कर्मचारीहरूसँगै आफूलाई विष्फोट गराउनेछन्। तपाईंको कार्यालय सबैभन्दा सजिलो लक्ष्य हो। हाम्रो आवाज कुनै पनि मूल्यमा सुनियोस् भन्ने चाहन्छौं, पत्रमा लेखिएको छ। यसबारे दार्जीलिङकी पुलिस अधीक्षक प्रतीक्षा झरखरियाले आतंकित हुने कुनै कारण नरहेको बताउँदै घट्नाको जाँचमा कुनै संदिग्ध चीज नपाइएको जनाइन्। त्यसपछि डाकघरको स्थिति सामान्य बनेको छ भने कर्मचारीहरूले पुनः आ-आफ्नो काम गर्न थालिसकेका छन्।

Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

आजको रोजाइ