हामीले फल्ने नरिवलनै फुटाएका छौँ- राजेश चौहान

Share this news

सोनादा , (निसं): गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको दार्जीलिङ अभियान्त्रिक विभागको तर्फबाट रंगबुल धोतरिया रंगमुक समष्टिको मुण्डाकोठी देवीस्थान जंक्शनदेखि अप्पर फारस गाउँसम्म गाड़ी कुदने कालो अलकत्रे सड़क को शिलान्यास गरिएको छ। रंगबुल धोतरिया रंगमुक समष्टिको क्षेत्रीय सभासद एवं गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको डेपुटी चेयरम्यान राजेस चौहानको करकमलबाट उक्त रोड निर्माणको लागि शिलान्यास गरिएको छ।

यस शिलान्यास कार्यक्रममा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय महासचिव अमर लामा, पूर्व सभासद महेन्द्र प्रधान, मुण्डाकोठी ग्राम पञ्चायतको पञ्चायत प्रधान सरस्वती सुब्बा तामाङ, उप प्रधान भरत सुब्बा अनि पञ्चायत सदस्या सोनिका गुरूङ लगायत अन्यको उपस्थितिमा उक्त शिलान्यास कार्यक्रम सम्पन्न गरिएको छ। यस कार्यक्रममा पञ्चायत समिति सदस्यहरु, पञ्चायत सदस्यहरु, नारी शक्ति, युवा शक्ति लगायत विभिन्न भातृ संगठनका प्रतिनिधिहरु उपस्थित रहेका थिए।

यस कार्यक्रममा क्षेत्रीय सभासद एंव जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानले सम्बोधन गर्दै यस क्षेत्रको जनताले जीटीए प्रमुख अनित थापाप्रति देखाएको विश्वास र सहयोगको फलस्वरूप यस समष्टिभित्रको समस्या समाधानतर्फ लम्किरहेको बताए। उनले पुस्तौंदेखि धेरै व्यवस्थाहरुदेखि ओझेलमा परेको ठाउँमा जीटीए प्रमुख अनित थापाको पारदर्शिता र उदार ह्रदयको काम भइरहेको पनि बताए। राजेस चौहानले भने, यो शिलान्यास भएपछि एक वर्षभित्र निर्माण कार्य पूरा हुनुपर्छ तर घरभित्र बसेर सामाजिक सञ्जाल चलाउँदै बाटो निर्माण भएन भनेर के के लेख्नु शुरु गर्छ तर सरकारले यो बाटो निर्माणको लागि एक वर्षको समय दिएको छ। यो ठाउँ सबैको नजरमा ओझेलमा परेको थियो। तर हामीले यहाँ नफल्ने नरिवल होइन फल्ने नरिवल नै फुटाएका छौँ। हामी कार्यमा विश्वास गर्छौँ। हाम्रो पार्टी अध्यक्ष अनित थापाले भने अनुसार कर्म नै हाम्रो सिध्दान्त हो। उनले मुण्डामा धेरै विकास कार्य भइरहेको पनि दावी गरे। कार्यक्रमलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय महासचिव अमर लामा लगायत अन्यले सम्बोधन गरेका थिए। यस शिलान्यास कार्यक्रमलाई क्रिताम सेञ्चुरीले सञ्चालन गरेका थिए।

Share this news
आजको रोजाइ
फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

‘हामीलाई यसमा नतान्नुहोस्’: विद्यार्थीमाथि बल प्रयोगबारे दर्ता याचिकामा दिल्ली उच्च अदालतको टिप्पणी

‘हामीलाई यसमा नतान्नुहोस्’: विद्यार्थीमाथि बल प्रयोगबारे दर्ता याचिकामा दिल्ली उच्च अदालतको टिप्पणी

सिक्किमको समरदुङ सुरुङ दुर्घटना: सांसद राजु बिष्टद्वारा दुःख व्यक्त, सुरक्षित उद्धारको कामना

सिक्किमको समरदुङ सुरुङ दुर्घटना: सांसद राजु बिष्टद्वारा दुःख व्यक्त, सुरक्षित उद्धारको कामना

आजको रोजाइ