सुपर मार्केटको शौचालय 15-16 वर्षदेखि बन्द

Share this news

रसाङ,  (निसं)ः खरसाङको सुपर मार्केटमा रहेको शौचालय बन्द भएको 15-16 वर्ष भएको छ। यहाँ शौचालय नभएकोले दोकान, होटल गर्ने मानिसहरू शौचालयको प्रयोग गर्नलाई केही मुनि रहेको सार्वजनिक पे-टोइलेटमा जाने गरेका छन्‌‍। शौचालय जान परेको खण्डमा दोकान छोड़ेर जान पर्ने भएकोले ुसुपर मार्केटका कतिपय व्यापारीले समस्याको सामना गरिरहेका गुनासो पनि छ। यहाँ शौचालय बन्द रहेकोले दिशा-पिसापले गाह्रो पारेको खण्डमा समस्या हुने गरेको कतिपयले बताएका छन्‌‍।

सुपर मार्गेटको पहिलो तलामा निर्माधीन अस्थमा रहेको दोकानमा मानिसहरूको दिशा-पिसाप गरिदिएको गुनासो केही दिन अघि प्रकाशमा आएको थियो। यहाँको निर्माणाधीन दोकानको एउटा कोठामा दिसा-पिसाब गरिएकोले वरिपरिको क्षेत्र दुर्गन्धयुक्त बनेको थियो। सुपर मार्केटमा कुनै शौचालय नरहेकोले यस्तो स्थिति बनेको हो भनी कतिपयले बताएका थिए।

सुपर मार्केटको शौचालय किन यसरी बन्द गरियो भनी त्यहाँका मानिसहरूलाई सोद्धा कतिपयले भने, शौचालयमा पानी नआउने, मानिसहरूले जतासुकै दिसा-पिसाब गरिदिने, नियमित सफाई नहुने हुनाले शौचालयको दुर्गन्ध फैलिने गरेको थियो। यस्तै अवस्था भएर यहाँको शौचालय त्यतिकै बन्द भएको हो।

शौचालय सठीक तरिलाले प्रबन्धन गरिए, पानीको व्यस्था गरिए र यसको प्रयोग सठीक तरिकाले प्रयोग गरिएको खण्डमा यहाँको शौचालय आवश्यक हो। यहाँको शौचालयलाई पुनः सञ्चालनमा ल्याएर पानीको राम्रो व्यवस्था गरिएको खण्डमा, नियमित सफाई गरिएको र सठीक तरिकाले प्रयोग गरिएको खण्डमा यहाँका दोकानदारका साथै यहाँ आउने ग्राहकहरूलाई सुविधा हुनेछ भनी मानिसहरूले बताएका छन्‌‍। तर शौचालय खोलियो र अघिको जस्तै पानीको व्यस्था नभए, शौचालयको असल प्रबन्धन नगरिए, शौचालयको सठीक तरिकाले प्रयोग गरिएन भने फेरि त्यस्तै अवस्था हुनेछ भन्ने पनि कतिपयको मत पाइएको छ।

स्मरण गराइन्छ, सुपर मार्केटको भुईँ तलामा विशेष मासु दोकान र होटलहरु छन्‌‍ भने पहिलो तलामा होटल अनि विभिन्न सामग्रीका दोकानहरू अनि दोस्रो तल्लामा सार्वजनिक भवन रहेको छ। सार्वजनिक भवन रहेको दोस्रो तलामा शौचालयको व्यवस्था राम्रो छ। यहाँको शौचालय नियमित सफा गरिने भएकोले प्रयोगको निम्ति पनि सुविधा जनक छ। तथापि सार्वजनिक भवनमा प्रायः प्रत्येक दिन विभिन्न कार्यक्रम, बिहे र अन्त्येष्टि कार्यहरू भइरहन्छ, कुनै कार्यक्रम नभएको समयमा सार्वजनिक भवनमा ताला लगाइन्छ। यसो हुँदा सुपर मार्केटका दोकानेहरूले यहाँको शौचालय प्रयोग गर्ने पाउँदैनन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ