जीटीए क्षेत्रका पञ्चायत समितिहरूमा कर्मचारी नियुक्तिको माग गर्दै शान्ता छेत्रीको पत्र मुख्यमन्त्रीलाई

Share this news

खरसाङ,  (निसं)ः दार्जीलिङ अनि कालेबुङ जिल्ला तृणमूल कंग्रेस अध्यक्ष एवं पूर्व राज्यसभा सांसद शान्ता छेत्रीले जीटीएको पञ्चायत समितिहरूमा शीघ्र कर्मचारीहरूको नियुक्ति गरिन पर्छ भनी माग गर्दै मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्रचार गरेकी छिन्‌‍। तिनले उक्त पत्र सोमवार मुख्यमन्त्रीलाई पठाएकी छिन्।

पत्रचारको बारेमा बताउदै शान्ता छेत्रीले भनेकी छिन्‌‍, जाटीए क्षेत्रमा दुई स्तरीय पञ्चायत प्रणाली आरम्भ भएको लगभग तीन वर्ष भइसकेको छ। जनताले ग्रासरुटको यस लोकतात्रिक पद्धतिलाई स्वागत जनाएका छन्‌‍। तथापि जीटीए क्षेत्रका पञ्चायत समितिहरूले पर्याप्त प्रशासनिक कर्मचारीहरूको अभावमा काम गरिरहेका छन्‌‍, जसको कारण विभिन्न प्रशासनिक अनि विकासको सम्बन्धमा समस्या र बाधाहरूको सामना यी पञ्चायत समितिहरूले गरिरहेका छन्‌‍। पञ्चायत समितिहरूमा पर्याप्त कर्मचारीहरूको नियुक्ति नगरिएकोले विकासका कार्यहरू कार्यन्वयन गर्न, सरकारी योजनाहरू लागु गर्न, विभिन्न सेवाहरू जनतालाई प्रदान गर्न, तथ्याङ्कहरू राख्न, विभिन्न विभागहरूसित समन्वय राख्नको निम्ति समस्या भइरहेको छ। कर्मचारीहरूको अभावमा निर्वाचित जनप्रतिनिधिहरूलाई आफ्नो दायित्व प्रभावकारी ढङ्गमा निर्वाह गर्नलाई समस्या भइरहेको छ।

छेत्रीले अघि भनेकी छिन्‌‍, पहाड़ी जिल्लाहरूले अलग्गैे भौगलिक अनि सामाजिक-आर्थिक चुनौतीहरूको सामना गर्न पर्ने हुन्छ, पञ्चायत समितिहरूलाई कार्यकौशल बनार विकासका कार्यहरू द्रुत गतिमा अघि बढ़ाउन, पूर्वाधारहरूको विकास गरेर कल्याणकारी योजनाहरू जनतासम्म पुग्नको निम्ति प्रभावकारी ढंगमा सुनिश्चित गर्न सकिन्छ। तिनले मुख्यमन्त्रीसित निवेदन गर्दै जीटीए क्षेत्रका पञ्चायत समितिहरूमा शीघ्र कर्मचारीहरूको नियुक्त गर्नलाई कदम उठाइयोस भनी निवेदन गरेकी छन्‌‍। तिनले प्रशासनिक व्यस्थालाई सशक्त गर्न अनि दार्जीलिङ पहाड़का जनताको सुविधाको निम्ति मुख्यमन्त्रीले समयमा कदम उठाउने छिन्‌‍ भन्ने आशा राख्दै यस विषयमा सरकारले कार्य गर्नेछ भनी आपेक्षा गरेकी छिन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ