गौतम देब ले सिलगढी मा भित्ते लेखनमार्फत विधानसभा निर्वाचन अभियान सुरु गरे

Share this news

गौतम देब ले आगामी विधानसभा निर्वाचनलाई लक्षित गर्दै चुनावी अभियान सुरु गरेका छन्। हाल उनी सिलगढीका मेयर हुन्। निर्वाचन आयोगले अझै औपचारिक रूपमा चुनाव मिति घोषणा नगरे पनि राजनीतिक गतिविधि भने तीव्र बन्दै गएको देखिएको छ।

गौतम देब स्वयं कार्यकर्तासहित सडकमा उत्रिएर भित्तामा चुनावी नारा लेख्ने अभियानमा सहभागी भएका थिए। विभिन्न वार्ड र सार्वजनिक स्थानहरूमा पार्टीका सन्देश तथा नाराहरू लेखिँदै जनतालाई आकर्षित गर्ने प्रयास गरिएको छ। भित्ते लेखन (वाल राइटिङ) मार्फत मतदातासम्म सीधा सन्देश पुर्‍याउने रणनीति अपनाइएको बताइएको छ।

स्थानीय राजनीतिक वातावरण क्रमशः तातिँदै गएको छ। अन्य दलहरूले पनि आ–आफ्नो तयारी सुरु गरिरहेका छन्। यसैबीच, गौतम देबको यो पहललाई आगामी विधानसभा चुनावको पूर्वतयारीको रूपमा हेरिएको छ। चुनाव घोषणा हुनुअघि नै मैदानमा सक्रिय देखिनु राजनीतिक दृष्टिले महत्वपूर्ण मानिएको छ।

Share this news
आजको रोजाइ
अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

आजको रोजाइ