सन्दकफूमा वर्षको पहिलो व्यापक हिमपात

Share this news

दार्जीलिङ,25 फरवरी(निसं): पश्चिम बंगालको सबै भन्दा अग्लो स्थान सन्दकफू, ठोकुम, फालुट लगायत यस परिसरमा यस वर्षकै पहिलो हिमपात भएको छ। यस सालको फरवरी महिनाको अन्त्यतिर हिमपात भएको हो। समुन्द्री सतहबाट लगभग 3,636 मिटर उचाइमा अवस्थित सन्दकपुमा वर्षको पहिलो हिमपात भएको छ।
हिमपातसँगै रिम्बिक- लोधोमाको  कतिपय क्षेत्रमा मध्यम वर्षा भएको छ। कतिपय क्षेत्रमा छुटपुट वर्षा  भएको छ। सन्दकपुमा  हिमपात भएको कारण यता रिम्बिकका किसानहरुमा  खुसीको लहर छाएको छ। सुख्खा महिनामा   हिमपातको कारण क्षेत्रमा  पानी परेकोले खेतीबालीलाई सकरात्मक प्रभाव पर्ने बताइएको छ । पर्यटकहरुले पनि हिमपातको आनन्द लिइरहेको देखियो भने हिमपात भएपछि गुराँस फुल्नलाई  पनि धेरै सहायता हुने बताइएको छ। यसपालीको चरम जाडो महिनामा पनि सन्दकपुमा न्यानो मौसम रहेको उक्त क्षेत्रका मानिसहरुले बताएका छन्। यस हिमपातले आउने दिनहरुमा क्षेत्रमा पर्यटकहरूको आवागमन पनि ठूलो संख्यामा  हुन सक्ने अनुमान गरिएको छ।
उल्लेखनीय छ सन्दकपुमा यसभन्दा अघि 2023 सालमा धेरै मात्रामा हिमपात भएको थियो भने  यसको दुई सालपछि 2026 सालको फरवरी महिनाको अन्त्यतिर भारी मात्रामा हिमपात परेको क्षेत्रबासीले जानकारी दिएका छन्।
3,636 मिटर (11,929 फिट) उचाईमा रहेको सन्दकफु वा सन्दकपुर भारत र नेपालको सिमानामा रहेको सिंहलिला नेशनल पार्कमा रहेको एक पर्वत श्रृंखला हो। यो पर्वत श्रृंखला र भारतको पश्चिम बंगाल राज्यको सबैभन्दा अग्लो पर्यटन स्थल हो। यो पर्वत श्रृंखला सिंहलिला नेशनल पार्क किनारमा अवस्थित छ र यसको शिखरमा केही होटलहरू सहितको सानो गाउँ छ। विश्वका पाँच अग्ला चुचुराहरू मध्ये चार, सगरमाथा, कंचनजङ्घा, ल्होत्से र मकालु यसको चुचुरोबाट देख्न सकिन्छ। यसले सम्पूर्ण कंचनजङ्घा श्रृंखलाको एक सुन्दर दृश्य गर्दछ। केही दिन अघि देखिनै आकाशमा देखिएको कालो बादल अनि चिसो बतासले पानी पर्न सक्ने संकेत दिईरहेको थियो भने आज दिउँसो मेघ गर्जनसहित वर्षा पर्न थालेको पानीले अविरल रुप लिएपछि पानीको प्रतिक्षामा बसेका मानिसहरूलाई राहत प्राप्त भएको छ। विशेष गरी कृषि अनि चिया खेतीको निम्ति आकाशबाट परेको पानीको धेरै महत्व भएपनि शहर-बजार,कमान-बस्ती, गाउँ-घर सबैलाई नै यो वर्षाले ठूलो राहत पुग्ने गरेको मानिसहरू बताउँछन्।
यो वर्षाले वरिपरिको धूलो-माटो पखालिने भएकोले वातावरण पनि सफा र सुन्दर देखिने औ धूलो माटो उडेर उत्पन्न हुने रुघा खोकी जस्ता विरामीमा पनि कमी आउने भएको मानिसहरूको मत छ।समय-समयमा पानी परिरहे पानीको मुहान र स्रोतहरूमा पानीको कमी नहुने यसले गर्दा पानी संकटको स्थिति सृजना नहुने मानिसहरू बताउँछन्। मानिसहरूले सरस्वती पूजा, लोसार, शिवरात्रि पूजा आदि पर्वहरूको छेक पारेर पानी पर्छ होला भन्ने अड्कल काटिरहेका थिए तर यी पर्वहरूमा भने पानी परेन।तर आज दिउँसो दिन धुमिल हुनासाथै पानी परेकोले गर्दा सबैलाई नै केही राहत प्राप्त भएको छ। यसरी पटकपटक पानी परिरहे चिया खेती,मकै,सिमी, फर्सी, काँक्रो, करेला अनि अन्य साग-सब्जीहरु पनि सप्रिने कृषिसित सम्बन्धित मानिसहरू बताउँछन् भने घाँस पातहरू पनि समयमा नै पलाउने भएकाले पशु पालकहरुलाई पनि घाँस पातको आवश्यकता पुरा हुने भएको उनीहरूको भनाइ छ।

Share this news
आजको रोजाइ
अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

आजको रोजाइ