अस्पताल भवन निर्माणको निम्ति भनेर माटो काट्ने काम गरिएको जग्गामा माटो थुपार्ने काम भइरहेको छ

Share this news

खरसाङ, (निसं)ः अस्पताल भवन निर्माणको निम्ति भनेर माटो काट्ने काम गरिएको खरसाङ टुरिष्ट लज मुनिको जग्गामा अहिले माटो थुपार्ने काम भइरहेको छ। गत वर्ष अस्पताल निर्माणको निम्ति सम्याइएको यो जग्गामा अहिले बाहिरबाट माटो ल्याएर थुपारिएको पाइएको छ। बितेको वर्षमा आरम्भ गरिएको अस्पताल निर्माणको कार्य स्थगित गरिएपछि अहिलेसम्म पुनः आरम्भ गरिएको छैन।

अस्पताल निर्माण कार्य स्थगित राखिनुमा अस्पताल भवनको नक्सामा केही तक्निकी त्रुटी रहेकोले हो भनी खरसाङ अभियान्त्रिकी विभागको भनाइरहेको थियो। अहिलेसम्म उक्त तक्निकी त्रुटीलाई सच्याएर निर्माण कार्य पुनः आरम्भ नगरिएपछि जनसाधरणमा यस बारे चर्चा पनि चलिरहेको छ। तथापि जीटीएका मुख्य कार्यपाल अनित थापाले खरसाङ महकुमा अस्पताललाई अन्यत्र सार्ने अनि वर्तमान अस्पताल रहेको स्थानमा टाउनशीप निर्माण गरिने र यसको छेवैमा पार्किङ स्थल निर्माण गरिने आफ्नो प्रतिबद्धतालाई खरसाङ शहरी क्षेत्रमा सम्पन्न भएको सभाहरूमा दोहोऱ्याएका छन्‌‍।

खरसाङ टुरिष्ट लज नजिकको यस खाली जग्गामा अस्पताल भवन निर्माण गरिने र यसको ठेका राठी कम्पनीले लिएको हो भनी बताइएको थियो भने अस्पताल भवन निर्माणको निम्ति कुनै शिलान्यासको कार्यक्रम भने सम्पन्न गरिएको छैन। यसै स्थानमा पहिलो जीटीए कालमा तत्कालिन जीटीएका मुख्य कार्यपाल विमल गुरुङले गोर्खा अडिटोरियम निर्माण गरिने भनी 2015 मा शिलान्यास गरेका थिए।

अस्पताल भवन निर्माणको निम्ति भनी सम्याइएको यस स्थानमा यसरी माटो थुपार्ने कार्य कसले गरेको हो भनी जान्न खोज्दा कतिपयले टुरिष्ट लज मुनि आरसीसी देवाल लगाउदा निस्किएको माटो यहाँ थुपारिएको हो भनी बताए भने कतिपयले यस स्थानमा बाहिरबाट ट्रकमा ल्याएर माटो थुपारिने कार्य भइरहेको पनि बताए। अर्को तर्फ वर्तमान खरसाङ महकुमा अस्पतालमा बिमारीहरू राख्ने पर्याप्त स्थान नभएकोले समय समयमा एउटा बेडमा दुई अथवा त्यो भन्दा अधिक बिमारीहरू बस्न पर्ने अवस्था रहेको मानिसहरूको गुनासो छ। खरसाङ महकुमा अस्पतालको बिमारी राख्ने क्षमतामा बढ़ोत्तरी गरिनु पर्ने अथवा नयाँ अस्पातल भवन निर्माण गर्नु पर्ने खरसाङवासीको पुरानो माग हो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ