सिटोङमा कानुनी सचेतना तथा साक्षरता शिविर सम्पन्न, बालश्रम र साइबर अपराध विरुद्ध सचेत रहने आह्वान

Share this news

जिल्ला कानुनी सेवा प्राधिकरण दार्जिलिङ कोर्टद्वारा आज अल इण्डिया गोर्खा भुतपुर्व सैनिक वेलफेयर एशोसिएसन सिटोङ लाटपञ्चर शाखाको सहयोगमा सिटोङ -३ जी०पी० स्थित नस्पति गाउँ आशा भवनमा कानुनी सचेतना तथा साक्षरता शिविरको आयोजना गरेको थियोे । उक्त कार्यक्रम संगठनका सभापति अम्बर गुरुङको अध्यक्षतामा डिएलएसए सेक्रेटरी तथा एसिस्टेन्ट सिनियर जज रुतप्रिया खइबाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । यसैगरि आज डिएलएसए रिटेनर एडभोकेट जयन्ती देवान एसडीपिओ खरसाङ निर्जा शाहा जिल्ला सैनिक बोर्ड (क्लिनिक ) एडभोकेट अजित गुरुङ पिएलभी उमा तिवारी सिडब्लुसि सदस्य मललिका समदर डिसिपिओ स्टाफ फुर्बा शेर्पा लेबर इन्सपेक्टर अमित लिम्बू आदिको उपस्थिति रहेको थियोे।

विशेष गरेर आजको शिविर बालश्रम साइबर क्राइम साथै कानुनी सचेतना माथि केन्द्रित रहेको थियोे भने नशामुक्त समाजवारेमा पनि जागरुकता ल्याउने उदेश्यमुलक थियोे । यसैक्रममा लेबर इन्सपेक्टर अमित लिम्बू फुर्बा शेर्पा सिडब्लुसि सदस्य मल्लिका समदर तथा डिएलएसए सचिव रुतप्रिया खइबाले बालश्रम कानुनी अपराध रहेको बताँउदै कहींपनि यस्तो निषेधित कार्य भएको थाहा लागे जानकारी साझा गराँउने आव्हान गरे ।

साथै करकापमा अथवा बाध्यतावश पीडित बनेका नानीहरूलाई सम्बन्धित विभाग तथा सरकारको योजनामार्फत के कस्तो सहयोग सुरक्षा अनि कानुनी सुविधाहरु प्रदान गरिने प्रावधानहरु रहेको छ यसवारेमा पनि उपस्थिति समुहलाई जानकारी गराएका थिए । यस्तै प्रकारले डिएलएसए रिटेनर एडभोकेट जयन्ती देवानले साईबर क्राइमको जड यसवाट बाँच्ने आवश्यक तथ्यहरु माथि प्रकाश पार्दै विशेष नानीहरू लाई मोबाइल र सामाजिक संजालको प्रयोग वारेमा जागरुक गराँउन अविभावकवर्गनै जागरुक बन्नुपर्ने समय आएको बताए ।

अघिल्लो क्रममा एसडिपिओ खरसाङ निर्जा शाहाले गाउँ समाजको परिवेशलाई नशालु प्रदार्थको सेवनवाट सदैव टाढो राख्नहेतु सचेत नागरिकको अहम दायित्व रहने बताए साथै बालश्रमको नाममा शोषित पीडित नानीहरूको हपत र सुरक्षाको निम्ति प्रशासन सदैव साथमा रहनेछ भनी जनाए । उक्त शिविरमा ट्राइबल एमएसके छुला जुनियर हाईस्कुल केएन मेमोरियल एकाडेमी लगायत स्थानीय माजिसहरुको उपस्थिति रहेको थियोे भने कार्यक्रम लाई भुपु सैनिक बीबी मंगरले संचालन गरेका थिए ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ