गोरामुमो दार्जीलिङ ब्राञ्चको तत्वावधानमा सांङगठनिक सभाको क्रम जारी

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा दार्जीलिङ ब्राञ्च कमिटीको तत्वधानमा ब्राञ्च कार्यालय दार्जीलिङमा आज २, ३ अनि ४ दार्जीलिङ सदर समष्टिको सांङ्ठनिक सभा दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्ष एम जी सुब्बाको अध्यक्षता सम्पन्न भयो । सभामा गोरानासं दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्षा बसुन्धारा प्रधान , गोरायुमो दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्ष सुरज कटुवल अनि २,३ अनि ४ दार्जीलिङ सदर समष्टिका प्रतिनिधिबर्गको उपस्थित रहेका थिए। सभालाई केन्द्रीय समिति मुल सचिव पुरण राईले सञ्चालन गरेका थिए। सभामा सांगठनिक बिस्तारलाई लिएर व्यापक चर्चा परिचर्चा गर्दै समष्टिहरुमा पार्टीको कार्यक्रमहरु निरन्तर रुपमा राखिनु पर्ने साथै जनस्तरमा गएर बर्तमान राजनैतिक परिवेश अनि गोरामुमोको भुमिकामाथि जनतालाई जानकारी गराउनु पर्ने एम जी सुब्बाले समष्टिका प्रतिनिधिबर्गलाई दिशा निर्देशन दिए। गोर्खा जातिको सुनौलो भविष्य चाँडै सुनिश्चित हुनेछ सुर्ताउनु पर्दैन। पार्टी अध्यक्ष मन घिसिङले निरन्तर कार्य गरिरहेका छन्।

तपाईं हामी बजारको हल्लामा भुलिनु हुँदैन जबसम्म भारत सरकारले मुख खोल्दैन तबसम्म बजारको हल्लामा विश्वास गर्नु हुँदैन। पार्टीका केन्द्रिय तहले अध्यक्ष मन घिसिङको नेतृत्वमा आफ्नो भुमिका निभाइसकेका छन्। यसकारण तपाईं हाम्रो कार्य भनेको संगठनलाई मजबुत बनाउनु हो यसको निम्ति हामी समष्टिहरुमा सांगठनिक बिस्तारको निम्ति भ्रमण गर्नेछौं भनी आफ्नो वक्तव्यको क्रममा ब्राञ्च अध्यक्ष एम जी सुब्बाले भने। यसैक्रममा गोरानासं दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्षा बसुन्धारा प्रधानले सभालाई जानकारी गराउँदै भने, संगठनलाई बलियो बनाउनको निम्ति समष्टिहरुमा निरन्तर नारी संगठनको सांगठनिक सभाहरु सम्पन्न भइरहेका छन्। गोर्खा राष्ट्रिय नारी संगठन जाति र माटोको हितको निम्ति सदैव अगि आउनेछ। अब थप ऊर्जासहित हामी अगि बडेको हुनेछौं भनी बसुन्धारा प्रधानले सभालाई जनाए। पार्टी अध्यक्ष मन घिसिङको हात बलियो बनाउनको निम्ति गोरायुमो सदैव अगि आएका छन्। जाति उन्मुक्तिको यो अन्तिम लडाईंमा युवाहरु सबै एकजुट भएर अगि आउनु पर्छ। झण्डा फेर्ने राजनीति होइन माटोको सुरक्षाको निम्ति अगि आउनु पर्छ। गोर्खा जातिले भारतको संविधानको प्रावधान अनुरुप न्याय पाएपछि राजनीति गर्दा हुन्छ। अहिले झण्डा फेर्ने नानाथरीको कुरामा भुलिने गर्नु हुँदैन भनी सुरज कटुवालले युवाहरुलाई अपिल समेत गरे।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ