गोर्खाल्याण्ड आन्दोलनको एउटा अध्यायलाई स्मरण गर्दै ऋषि थापा

Share this news

18 फरवरी 1987 सालको घटना हो। मिरिक अन्तर्गत टिङ्लिङ चियाबारीको लिम्बू गाउँ त्यास समय आन्दोलनको नेतृत्व गर्ने दल गोर्खा राष्ट्रिय मुक्ति मोर्चा का केन्द्रीय महासचिव ए बी थापा (ए बी सर) को निवास स्थान। आन्दोलन चरम स्थानमा थियो। गाउँका युवाहरु ( त्यस्ताक GVC) रातभरि गाउँ वरिपरि पेट्रोलिङ गर्दै थिए, ताकि, गाउँमा सिआरपी पसेको थाहा पाउने बित्तिकै गाउँलाई सतर्क गराउन सकियोस्। त्यसदिन, अर्थात् 18 फरवरी 1987 सालको अघिल्लो रात पनि युवाहरुले गस्ती लगाई रहेको थियो। 18 फरवरीको बिहानी पख लगभग 2:30 सम्म गस्ती लगाए पछि, अब त आउँदैन भनेर सबै केटाहरु गाउँमै एउटा मारौ परेको घरमा तास खेल्न भनेर लाग्छ।
18 फरवरी 1987 सालको बिहानी पख घरको मूल दैलो जोड जोड ले तोडेको आवाजले मलाई निन्द्राबाट व्युजाउँछ। हामी तीनजना दाजु – भाईहरू (जम्मा पाँच जना, दिपेश र बिपेन् बालक नै थिए), म, मेरो दाजु र मेरो भाई एउटै पलङ्गमा सुतेका थियौ, हामी तीनैजना व्युझन्छौ । बाहिर दैलो तोडेको आवाज सुन्नेसाथ हामीलाई थाहा हुन्छ घरमा सिआरपि ले रेड गरेछ भनेर। साँच्चै भन्नु हो भने, त्यतिबेला डर लागेन, सायद बालक भएर हुनसक्छ। दैलो तोडेर घरभित्र प्रवेश गरेपछि, टर्च लगाएर हामीलाई हेर्छ र भित्र मेरो बाबा सुतिरहेको कोठा तिर पस्छ, हाथमा बोकेको पेस्तोलमा मेरो नजर पर्छ। अब, यहाँबाट भाग्नु पर्छ भन्ने मात्रै सोच आयो त्यतिखेर। घरलाई चारैतिरबाट घेरेर राखेको थियों, बाहिर निस्किने दैलोमा पनि बन्दुकधारी खाकी पोशाक लगाएका जवानहरू खढा रहेको थियो। मैले सोँच्दा नसोच्दा, दाजु त भागी पनि सकेछ, र भाईलाई एउटा हाथमा पकडिएर दैलोमा उभिरहेका जवानलाई, ‘ भइसाब हमे जाने दिजीएन ‘ भने , उसले पनि भन्यो, ‘ चल भाग!’ र मैले भाईलाई हाथमा समाएर केही दूरी सम्म मात्र पुगेको थिए, भाई भुईमा थुचुक्कै बस्यो। चारैतिरबाट बन्दुकको गोली चली रहेको थियो, मैले भाईलाई छिट्टो भाग भनिरहेको थिए, भाईले भुढी दुख्यो भनेर भूढी थिचेर भुईमा थुचुक्क बसिरहेको थियो। मैले खोई कहा दुख्यो भनेर भुढीमा हाथले छामे, हाथ चिसो भयो। जुनेली रात थियो, र जूनको प्रकाशमा ल्याएर हेर्दा उसको भुढीबाट अगाडि आन्द्रा झुण्डिरहेको देखे। हामी भाग्दै गर्दा पछाडिबाट भाईलाई गोली लागिसकेछ तर गोली लाग्यो भन्ने ज्ञान भाईलाई भएन।

मैले जसो तसो भाईलाई त्यहाँबाट अलिक सुरक्षित ठाउँमा लगे जहाँ मेरो आमा पनि आइपुगेछ र आमाले भाईलाई त्यही छोडेर मलाई भाग्ने निर्देश दिनुभयो । केही तल जंगलबाट सिआरपी को गाडिहरु फर्किएको देखें पछि घर फर्किए। घर आईपुग्दा, मानिसहरूको भीड थियो आँगनमा। मनमा थुप्रै आशंकाहरु बोकेर गए, आँगनमा भाई र दाजु दुवैजना खुनपच्छे भएर लडिरहेको थियो, त्यतिबेला थाहा भयो कि दाजुलाई पनि गोली लागेछ भनेर। हिजु बेलुका हामी तीनजना सँगै सुतेको एउटै पलङ्गमा, दुई भाईलाई गोली लगेर खुनपच्चे भएर लाडेको देख्दा मान खिन्न हुन्छ। बादमा सुन्दा, मेरो काका जंगलबाट फर्किंदै गर्दा बाटोमा ‘आईया आईया ‘ भन्दै रुँदै गरेको आवाज सुनेछ, र को हो भनेर हेर्नु जाँदा दाजु लढी रहेको भेटे पछि काकाले नै घरमा लिएर आएको रहेछ।

दुई भाईलाई हस्पिटल लाने तैयारी गाउँलेहरूले गर्नु थाल्यो तर बाबाको पत्तो थिएन, मारेर फ्याक्यो कि पकडिएर लग्यो कुनै खबर थिएन। बिहान भइसकेको थियो, तब पल्लो गाउँबाट एकजना मान्छे आउँछ र उसले भन्छ कि सर हाम्रो गाउँमा आइपुग्नुभएको छ नसुर्ताउनुहोस्। मनमा केही राहत हुन्छ तर पछि थाहा लाग्छ कि बाबालाई पनि गम्भीर रुपमा घाइते बनाएको रहेछ। चार पाँच जना सिआरपी हरू सँग धेरै बेरसम्म संघर्ष गरेपछि यो हरूको हातबाट मर्नुभन्दा बरु भिरबाट पल्टिएर मर्छु भनेर भीरमा पल्टिएर गएको रहेछ र निकै तल पुगेपछि एउटा रुखमा अल्झिएछ अनि त्यहाँबाट बिस्तारै बामे सर्दै पल्लो गाउँमा पुगेको रहेछ।

पछि बाबाको बाट कुरा बुझ्दा बाबालाई त्यतिबेला बङ्गाल सरकारले किन्ने प्रयास गरेको थिएछ। एकजना डिआइबीको अफिसर हुनुहुन्थ्यो जो बाबाको क्लास फ्रेन्ड थिएछ ,उहिले मिरिक हाइ स्कुल सँगै पढ्नुभएको अरे। उहाँलाई सरकारले जसरी भएपनि एबी थापालाई लिएर आउनु भनेर एउटा टाक्स दिएको रहेछ। सिलिगुडीस्थित एकजना सरकारी अधिकारीको निवासमा बाबालाई लगेर भेट पनि गराएको थियो अरे र बाबालाई सरकारले धेरै प्रलोभनहरु पनि दिएको थिएछ तर बाबाले त्यतिबेला तुरुन्तै निर्णय नदिएर म १७ तारिख सम्ममा मेरो निर्णय बताउँछु, सोच्ने समय दिनुहोस् भन्नुभएको थियो अरे । बाबा अझै भन्नुहुन्थ्यो, मैले त्यतिबेला नकारेको भए मलाई त्यही एरेस्ट गर्ने थियो त्यसकारण समय मागे। १७ तारिखको दिन बाबा जानुभएन जसकारण १८ तारिख बिहान त्यस्ताक दार्जीलिङका डीआइजी आरके हण्डाको नेतृत्वमा २७ गाडी सिआरपी लिएर हाम्रो घरमा रेड भएको थियो। ८६ को आन्दोलन लाई विफल बनाउन त्यस समयको बामफ्रन्ट सरकारले आन्दोलनकारी नेताहरूलाई किनेर आपस्तमा लडाएर आन्दोलनलाई कमजोर बनाएको थियो। अर्को महत्वपूर्ण कुरा चाहिँ के हो भने त्यतिबेला पहाडबाट लखेटिएका मकपका युवाहरूलाई खाकी पोशाक लगाएर अनि बन्दुक भिराएर crack फोर्सको नाम गरी आन्दोलनकारीहरूसँग लडाएको हो। मेरो भाइलाई लागेको गोली पनि crack force कै गोली होइन भन्न सकिँदैन कारण एउटा १०-१२ वर्षको निहत्था बालकलाई देशको सैन्य वा अर्धसैन्य बलले कहिले पनि गोली चलाउँदैन।

यो घटनालाई स्मरण गरेर ल्याउँदा आज एउटा फिल्मको काहानी जस्तो लाग्छ। आज भाई बिक्की थापा त बितेर गयो तर दाजु राजेश थापा आज पनि जीवित छ। दागोपापको सम्झौता भएपछि दागोपाप चेयरम्यान श्रीमान सुभाष घिसिङ ज्यूले दाजु राजेश थापालाई गोली लागेको शारीरिक रुपमा असक्षम छ भनेर सर्वप्रथम दागोपापको टुरिजम विभागमा अस्थायी नोकरी दिनुभएको थियो। एउटा विडम्बनाको कुरो के छ भने जब २००७ मा बिमल गुरुङको नेतृत्वमा पहाडमा गोर्खाल्यान्डको नाममा फर्जी आन्दोलन भयो, त्यतिबेला राजेश थापालाई गोर्खाल्याण्ड विरोधी भनेर नोकरीबाट निकाल्ने काम गरियो। ८६ को आन्दोलनमा क्रूर सरकारको राइफलको गोली खाने राजेश थापाको गाँस खोसी दिएता पनि उ आजसम्म भोकले मरेको छैन। तर 10मार्च 2010 भित्रमा गोर्खाल्यान्ड ल्याउँछु नत्र गोली ठोकेर मर्छु भन्ने बिमल गुरुङ, न त गोर्खाल्यान्ड नै ल्याउनु सक्यो, न त गोली ठोकेर मर्नु नै सक्यो, बरु दागोपाप भन्दा फ्यातुलो व्यवस्था भित्राएर जातिलाई ठूलो धोका दिने काम अवश्यै गरेको छ। त्यति मात्र होइन ८६ को आन्दोलनमा यति ठूलो योगदान दिने मेरो बाबा ए बी थापा लाई पनि गोर्खाल्यान्ड विरोधी भनेर हत्या गर्ने प्रयास समेत गरियो 2008 सालमा। इतिहास मेटाउने प्रयास वा इतिहासलाई धमिल्याउने प्रयास कसैले पनि गर्नु हुँदैन नत्र उसको आफ्नै इतिहासलाई एकदिन भावी सन्तानले धिक्कार्ने छ।


Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ