गोर्खा हिमालयन फेस्टिभल २०२६-मा पुगे सांसद राजु बिष्ट

Share this news

दार्जीलिङ लोकसभाका सांसद एवं भारतीय जनता पार्टीका राष्ट्रीय प्रवक्ता, राजु बिष्ट उत्तरखंडको, देहरादूनमा गोर्खा हिमालयन फेस्टिभल २०२६-मा उपस्थित भए। यो आयोजन समितिले उनलाई गोर्खा समुदायको गौरवशाली र संघर्षपूर्ण इतिहास बोकेको वीर भूमिको पुनर्यात्रा गर्ने अवसर प्रदान गर्‍यो। यस क्षेत्रले भारतीय स्वाधीनताका लागि फाँसीमा झुण्डिएका शहीद मेजर दुर्गा मल्ल लगायत मातृभूमिकोलागि प्राण न्यौछावर गर्ने असंख्य शहीदहरू जन्माएको छ।
देहरादूनले गोर्खा भाषा, साहित्य, संस्कृति, विज्ञान र प्रविधिको क्षेत्रमा पनि उल्लेखनीय योगदान गरेको छ, भारतमा हामी गोर्खाहरूको नेपाली भाषालाई संविधानको आठौँ अनुसूचिमा मान्यता दिलाउने आन्दोलनको शुरुआत यहींबाट भएको थियो।

एकता हाम्रो सबैभन्दा ठूलो शक्ति हो। जब गोर्खाहरू सँगै उभिन्छन्, हामी सामूहिक दृढताका साथ कुनै पनि चुनौतीलाई पार गर्छौं। हामीले हाम्रो समुदायभित्र विविधतालाई अँगाल्नुपर्छ, र दार्जीलिङदेखि देहरादून र धर्मशालासम्म, हामी एक भयेर उभिनुपर्छ। हामीले हाम्रा अधिकारहरूको निमित एक मुष्ट भएर काम गर्नुपर्छ र आउने दिनमा सबै छेत्रमा सशक्त गोर्खा समाजहरूको सञ्जाल निर्माण गर्नुपर्छ।

गोर्खाहरूको वर्तमान पिँढ़ीले आफ्नो विशाल हृदयको परिचय दिँदै समग्र हिमालयी क्षेत्रका समृद्ध सांस्कृतिक विरासत, प्राकृतिक सुन्दरता, भाषा, साहित्य, संस्कृति अनि सम्पदाहरूको पहिचान गर्ने र सर्वव्यापी गर्ने सङ्कल्प गरेर, यस्तो भव्य एवम् विशाल ‘गोर्खा हिमालयन फेस्टिभल’को आयोजन गर्ने जमर्को गर्नु साँच्ची नै सह्रनीय छ। उनले शहीद दुर्गा मल्ल मेमोरियल ट्रस्ट, देहरादूनलाई यो भव्य महोत्सव आयोजना गरेकोमा बधाई दिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ