मार्च 7 को दिन संयुक्त रुपमा खुल्ला म्याराथन आयोजन हुने

Share this news

लागुऔषधको बढ्दो प्रभावलाई कम गर्न र युवाहरूलाई स्वस्थ जीवनशैलीप्रति जागरूक गराउने उद्देश्यले आगामी ७ मार्चका दिन मिरिकमा एक भव्य ‘खुल्ला म्याराथन’ प्रतियोगिता आयोजना हुने भएको छ।

​मिरिक रनर्स ब्वाइजको आयोजना तथा ड्रिवल एकेडेमी मिरिकको सहयोगमा यो प्रतियोगिता सम्पन्न हुन गइरहेको हो। आयोजक समितिका प्रतिनिधि अरफाज अलीले दिएको जानकारीअनुसार यस वर्षको म्याराथन ‘से फर नो ड्रग्स भन्ने मूल नाराका साथ सञ्चालन गरिनेछ। प्रतियोगिता पुरुष र महिला दुवै वर्गका लागि खुल्ला रहनेछ। विजयी धावकहरूलाई आकर्षक नगद पुरस्कार र मेडल प्रदान गरिनेछ।

खेलकुदको माध्यमबाट समाजलाई लागुऔषधमुक्त बनाउने र स्वास्थ्य सचेतना फैलाउने उदेश्यले उक्त प्रतियोगिता गरिएकाे आयोजक समितिका तर्फबाट अरफाज अलीले बताँउदै पहाडका कुना-काप्चामा रहेका इच्छुक र प्रतिभावान धावकहरूलाई यस प्रतियोगितामा उत्साहजनक सहभागिता जनाउन अपील गरेका छन्। प्रतियोगितामा भाग लिन चाहने इच्छुक धावकहरूले समयमै आयोजक समितिसँग सम्पर्क गरी आफ्नो नाम दर्ता गराउन अनुरोध गरिएको छ। युवहरूको भविष्यमाथि सोच राखेर ​मिरिक रनर्स ब्वाइजको आयोजना तथा ड्रिवल एकेडेमी मिरिकको सहयोगमा आयोजित ‘खुल्ला म्याराथन’ प्रतियोगिता केवल एक खेलकुद इभेन्ट मात्र नभएर समाजलाई सकारात्मक परिवर्तनतर्फ डोर्‍याउने एउटा सशक्त माध्यम हो। युवाहरू राष्ट्रका मेरुदण्ड र ऊर्जाका अथाह स्रोत हुन्; त्यसैले यस्ता प्रतियोगिताले उनीहरूको शारीरिक र मानसिक क्षमतालाई निखार्दै अनुशासित र उद्यमी बन्न प्रेरित गर्दछन्।

जब युवा शक्तिको सही परिचालन र संरक्षण हुन्छ, तब मात्र समाजमा विद्यमान विकृतिहरू हट्छन् र देशले समृद्धिको नयाँ दिशा प्राप्त गर्दछ। अन्ततः, यस्ता सामूहिक प्रयासहरूले स्वस्थ प्रतिस्पर्धाको भावना विकास गरी राष्ट्र निर्माणमा दीर्घकालीन र लाभकारी योगदान पुर्‍याउने निश्चित छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ