डा. किङ्ग गुनु घर्ती पुस्तक संग्रहालय, डिभाइन थियोलोजिकल युनिभर्सिटीमा

Share this news

मिजोरमका पर्याय तथा बहु प्रतिभाशाली व्यक्तित्व डा. किङ्ग गुनु घर्ती दक्षिण सिक्किमको नाम्चीमा सञ्चालित नेपाली
पुस्तक संग्रहालय, डिभाइन थियोलोजिकल युनिभर्सिटीमा शुक्रबार पुगेका थिए। उनले त्यहाँका प्रमुख डा. मनोज कुमार राई अनि डा. सावित्रीसङ्ग भेटघाट गरी आफ्ना दुई कृतिहरू प्रदान गरेका थिए। उनका अन्य कृतिहरू गत वर्ष नै सिलगढीमा सञ्चालित सामाजिक संस्था आरनोवामार्फत प्रदान गरिसकेका छन्।

डा. किङ्ग गुनु घर्तीको आगमनमा उनलाई नेपाली पुस्तक संग्रहालय, डिभाइन थियोलोजिकल युनिभर्सिटी परिवारले न्यानो स्वागत जनाएको थियो। स्मरण रहोस् भारतमा सबैभन्दा धेरै स्वरचित हिन्दी गीतहरूको सङ्गालो सार्वजनिक गर्ने गोर्खे, डा. किङ्ग गुनु घर्ती, यतिखेर आफ्ना गीतहरूको रेकर्डिङ्गको सिलसिलामा सिलगढी आएका छन्। उनको आठौं अनि दार्जीलिङको मिरिकबाट डुप्छेन लामाको सङ्गीतमा दोस्रो हिन्दी गीति अलबम पहाडों की रानी प्रकाशमा आउने भएको छ। यसैको लागि उनी सिलगढी आएका हुन्। डा. किङ्ग गुनु घर्तीले अहिलेसम्म आठसय नेपाली अनि छसय हिन्दी गीतहरू बनाइसकेका छन्। भारतेली सङ्गीतको क्षेत्रमा उनले गरेको योगदानकोे लागि एसोसिएशन फर रिसर्च अन् नन्प्रफीट अर्गनाइजेसन्स आरनोवाले आफ्नो रजत जयन्ती समारोहमा गत 6 अप्रेल 2025 को दिन गीत सङ्गीत शिरोमणि उपाधिले अलङ्करण गरिसकेको छ।

कला र साहित्यको क्षेत्रमा बहुआयामिक व्यक्तित्वको धनी डा. किङ्ग गुनु घर्ती को योगदान वास्तवमै अतुलनीय छ। आफ्नो सम्पूर्ण जीवन कला साधना र सिर्जनामा समर्पित गर्नुभएका डा. घर्ती मिजोरम राज्यकै एक मात्र प्रतिष्ठित नेपाली उपन्यासकार र नाटककारका रूपमा चिनिनुहुन्छ। उहाँको कलमले समाजका जीवन्त भोगाइहरूलाई साहित्यका पानामा उतार्ने मात्र नभई, अभिनयको माध्यमबाट पर्दामा समेत जीवन्तता प्रदान गर्दै आएको छ। नेपाली र मिजो भाषाका चलचित्रहरूमा एक कुशल अभिनेताका रूपमा आफ्नो सशक्त उपस्थिति जनाएर उहाँले दुई फरक भाषा र संस्कृतिलाई जोड्ने एउटा दह्रो पुलको काम गर्नुभएको छ। यसरी साहित्य लेखन र चलचित्र अभिनय दुवै विधामा सँगसँगै अघि बढ्दै उहाँले मिजोरमको कला जगत्‌मा आफ्नो एक विशिष्ट र अमिट पहिचान बनाउन सफल हुनुभएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ