बी.पी.बजगाईंलाई रेश्मा गुरूङले लेखिन् खुला पत्र

Authored By: रेश्मा गुरूड गोर्खे चेली।

Share this news

प्रिय बी.पी बजगाई ज्यू! गोर्खा विधायक सदनमा, हाम्रो मातृ भाषा नेपालीमा सम्बिधानको मर्यदा राख्दै वचन दिएको, चट्टक ढाका टोपीमा वाह!
क्या दाम्मी दृश्य थियो पाँच वर्ष अगाडी।
कम्ता ताली बजाएको गर्वले हामी गोर्खालीले।
आज त अचम्मै लाग्दो बंगलामा बट..ट..ट!!!
तपाई त! महा मौकाबादी पुरूष देखियो गोर्खाको नाममा।
अरू गोर्खाहरू यति साह्रो तपाईं जतिकै त हॅुदैन है!
जुन पार्टीले टिकट दिएर नाम दियो, पाँच वर्ष विधायक भएर हिड्यो तलब खाएर। अहिले उसकै खौरो खन्नु ?
यस्तो तल्लो दर्जाको राजनीतिलाई गोर्खा जातिको मागसित नजोड है! अब तपाईंकी दिदीले दिन्छिन् PPS र Gorkhaland ?
लाजमर्दो टिप्पणी।

जस्तो विधायकको कार्यकाल सकियो, त्यस्तै अर्को पार्टीको झण्डा मुनि आफ्नो भाषा धरि साईड लगाएर बंगला बोल्नु पर्ने मोरो दाजु ? एउटै भाको गतिलो हाम्रो गोर्खे सांसदसित आरिस गरेर Raju Bista लाई गाली गर्नु नै त पसेको होला पार्टीमा। अब अलि अलि भाको इज्जत पनि आफै तुराउनु भयो नि!
बेसी बोलेरै!

लोकतन्त्रमा जो कोहीले पनि दल, झण्डा बदलिएर जँहा सहि लाग्छ त्यँहा खुल्ला राजनीति गर्न पाइन्छ। नयाँ दल र पार्टीमा जानु त्यो हजुरको निर्णय हो ठीकै छ।

तर पस्नु बितिकै “भिलेन” को रोलमा बंगलामा दिएको बयन पट्टकै सुहाएन!
गोर्खा जातिको नाम लिएर राजनीति गर्नु सजिलो होला, तर त्यो नामको सम्मान जोगाउनु निकै गाह्रो कुरा हो। अवसरअनुसार पार्टी फेर्ने, टिकट दिने पार्टीकै विरुद्ध उभिने र पाँच वर्षसम्म पद र सुविधा भोगेपछि त्यही पार्टीको आलोचना गर्ने व्यवहारले जनताको विश्वास जित्दैन, बरु कमजोर बनाउँछ।

राजनीति व्यक्तिगत स्वार्थका लागि होइन, जनताको भावना र जातीय पहिचानको सम्मानका लागि हुनुपर्छ। गोर्खा समुदायको माग र आन्दोलनलाई आफ्नो अस्थायी फाइदासँग जोड्नु उचित होइन। आज एउटा झण्डामुनि, भोलि अर्को झण्डामुनि उभिँदा विचार र सिद्धान्त पनि सँगै परिवर्तन हुनु हुँदैन।

आफ्नो भाषा, संस्कृति र पहिचान हाम्रो गर्व हो। अवसरका लागि आफ्नो भाषालाई नै पन्छाएर हिँड्नुले सम्मान बढ्दैन, घट्छ। असहमति राख्न पाइन्छ, आलोचना गर्न पाइन्छ, तर त्यो सभ्य र जिम्मेवार ढंगले हुनुपर्छ।
जनताले नेताबाट स्थिरता, इमानदारी र स्पष्ट धारणा खोज्छन्। समयले सबै कुरा देखिरहेको छ। अझै समय छ — आत्मचिन्तन गरेर सही मार्ग रोज्न सक्नुहुन्छ।

तर वाह! क्या कमालको सिद्धान्त रहेछ हजुरको —
जुन पार्टीले यॅहा सम्म पुर्यायो पाँच वर्ष तलब खाइयो, कुर्सी तताइयो…
अनि कार्यकाल सकिनासाथ “सत्यको खोजी” मा निस्किनुभयो!
गोर्खाको नाम मुखमा, तर चालचलन चाहिँ मौसम जस्तै —
जहाँ घाम त्यतै नमस्कार!
हिजो जसको झण्डामुनि भाषण भोट माग्दा, आज उसकै विरुद्ध क्रान्ति ? राजनीति हो कि रियालिटी शो ?
गोर्खा जातिको भावना हजुरको प्रेस नोट होइन,
जसलाई चाहिँदा प्रयोग गर्ने।

आन्दोलनलाई निजी रीस र अवसरसँग मिसाउँदा
नेता होइन, “मौकाबादी ब्रान्ड एम्बेसडर” जस्तो देखिनु हुन्छ।
आफ्नो भाषा साइड लगाएर नयाँ झण्डामुनि नयाँ उच्चारण सिक्दै हुनुहुन्छ भने कम्तिमा शब्दको अर्थ त नबिर्सिनु होला —
“इज्जत” भन्ने पनि एउटा शब्द हुन्छ। अरूलाई गाली गरेर उचाइ बढ्दैन, बरु आफैको उचाइ कति रहेछ भन्ने देखिन्छ।
अलिअलि बाँकी रहेको सम्मान पनि बढी बोलेरै सेल्फ-डिस्ट्रक्ट गर्नुभएको छ।
जे होस्, राजनीति बदल्नुभन्दा पहिले अलि सिद्धान्त अपडेट गर्नुस्।
नत्र इतिहासले तपाईंलाई
नेता होइन, “सिजनल प्लेयर” भनेर चिन्नेछ। आफ्नो भाषा त पोलिखानु भएछ। अग्रिम शुभकामना।
गोर्खा जातिको शुभचिन्तक -रेश्मा गुरूड गोर्खे चेली।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ