मजुवा प्राइमेरी स्कूलमा पुस्तक दिवस पालन गर्दै सम्बर्द्धना जनाइयो

Share this news

खरसाङ, (निसं)ः जीटीएद्वारा विभिन्न स्थानमा पुस्तक दिवस पालन गरिएको छ भने पुस्तक दिवसको अवसरमा खरसाङ शहर चिम्नी देवराली समष्टिको मजुवा प्राईमेरी स्कूलमा पनि पुस्तक दिवस पालन गर्दै कार्यक्रम सम्पन्न गरियो। समष्टि सभासद्‌‍ श्याम शेर्पाको उपस्थितिमा सम्पन्न भएको यस कार्यक्रममा स्कूलकी प्रधान अध्यपिका प्रियङ्का तामाङ साथै शिक्षक-शिक्षिका, विद्यार्थीहरू अनि अभिभावकहरू उपस्थित थिए। कार्यक्रममा सभासद्‌‍ श्याम शेर्पाले विद्यार्थीहरूलाई पुस्तक वितरण गरेका थिए।\

शिक्षक अनि शिक्षिकाहरूको लागि निर्माण गरिएको शौचालयको पनि उद्घाटन यसै कार्यक्रममा गरिएको थियो । दोस्रो चरणको कार्यक्रममा स्कूलको पक्षबाट सभासद्‌‍ श्याम शेर्पालाई तिनले विद्यालयको प्रगतिको निम्ति दिएका विशेष सहयोग, सुझाउ र योगदानको लागि आभार प्रकट गर्दै स्कूलकी प्रधानअध्यपिकाकेो बहुलीबाट सम्बर्द्धना जनाइयो। स्कूललाई कुशतापूर्वक सञ्चालन गरिएकोमा स्कूल सञ्चालन समितिको पक्षबाट प्रधान अध्यपिका प्रियङ्का लामालाई पनि सम्बर्द्धना जनायो।

आफ्नो वक्तव्यमा सभासद्‌‍ श्याम शेर्पाले भने, विकासको कार्य त भइरहन्छ तर मानसिकता परिवर्तन जरुरी छ। स्कूल र शिक्षक-शिक्षिकाहरूले नानीहरूको भविष्य निर्माणको साथमा समाजलाई पनि मार्गदर्शन गर्नु पर्छ। हामीले सभ्य र शिक्षित समाजको निर्माण गर्ने उदेश्य लिएर कार्य गरिरहेका छौँ, यसमा शिक्षक अनि शिक्षिकाहरूको पनि अहम भूमिका रहेको छ। मजुवा प्राईमेरी स्कूललाई एउटा मोडल स्कूल बनाउनको लागि कार्य गर्नु पर्छ। तिनले आफ्नो वक्तव्यमा पुस्तक दिवसको अवसरमा सबैलाई शुभकामना टक्राए अनि असल ज्ञानका पुस्तकहरू पढ़ने सुझाव राखे । कार्यक्रममा सभासद्‌‍ श्याम शेर्पाको साथमा डीएस टीभीका सम्पादक निशान्त थापा, भागोप्रमो समष्टि सहसचिव नगेन्द्र छेत्री, समष्टि नेतृत्व अनिल राई, रुपेश देवान, विनोद राई, सन्दीप गुरुङ्को उपस्थिति रहेको प्रचारप्रसार सदस्य रुसब खवासले बताए्‌‍।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ