अनित थापालाई भव्य स्वागत जनाए तीनधारे महानदी समष्टिले

Share this news

तीनधारे, (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा महानदी तीनधारे समष्टिको कर्मी सभा घुम्ती चियाबारीको आदर्श श्रमिक कल्याण भवनमा केन्द्रीय अध्यक्ष अनित थापाको अध्यक्षतामा सम्पन्न भएको छ। चुनाव अघि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाद्वारा विभिन्न समष्टिहरुमा कर्मी सभा आयोजना गर्दै आइरहेको छ भने आज महानदी तीनधारे समष्टिलाई लिएर कर्मी सभा सम्पन्न भएको छ। उक्त सभामा भाग लिन आईपुगेका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष एवं जीटीए प्रमुख अनित थापा र पार्टी महासचिव अमर लामालाई समष्टिको तर्फबाट भव्य स्वागत जनाएका थिए। दुवैलाई महानदी बजारको मोटर स्ट्याण्डमा स्वागत गरेर घुम्ती चियाबारीको आदर्श श्रमिक कल्याण भवनसम्म बाजा गाजाको साथमा लगिएको थियो। पार्टी पदाधिकारीहरु र कार्यकर्ताहरुले विभिन्न नाराको साथमा आयोजन स्थलसम्म लगेका थिए।

कर्मी सभाको शुरुमा जीटीए प्रमुख अनित थापाले घुम्ती चियाबारीमा भूतपूर्व सैनिकहरुको लागि सार्वजनिक भवन र घुम्ती कमानको लागि सार्वजनिक भवन निर्माणको लागि शिलान्यास गरेका छन्‌‍। त्यसपछि आयोजित कर्मी सभालाई जीटीए प्रमुख एवं भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापा, केन्द्रीय महासचिव अमर लामा, केन्द्रीय उपाध्यक्ष एवं सभासद प्रमोस्कर ब्लोन, भागोप्रमो खरसाङ महकुमा समितिको सचिव एवं सभासद प्रणाम रसाइली आदिले सम्बोधन गरेका थिए।

सभालाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्मले सञ्चालन गरेका थिए भने स्वागत सम्भाषण तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले राखेका थिए। सभालाई सम्बोधन गर्दै पार्टीको केन्द्रीय महासचिव अमर लामाले भने, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा सत्तामा आएपछि पहाडमा एक घण्टा पनि बन्द भएको छैन। शान्ति स्थापना भएको छ। शान्तिपूर्ण परिवेश सिर्जना गर्न सफल भएका छौँ। उनले बिहारमा 10 हजार रुपियाँ दिएर भोट जितेको तर अहिले बंगालमा पहिलेदेखि शुरु भएको लक्ष्मी भण्डारको पैसा बढ्दा राजनीति गरिरहेको आरोप लगाए। उनले भने, भाजपाको झूटको राजनीतिको रहस्य खुलेको छ र भाजपा अत्तालिएको छ। यसको कारण एसआईआर पनि हो। भोट हाल्ने अधिकार संविधानले दिएको छ। तर अधिकार पनि भाजपाले खोस्दैछ। 2009 देखि भाजपालाई भोट दिएर जिताउँदा कागज खोजेन तर अहिले 2026 मा आएर हार्ने डरले कागज पत्र खोज्दैछ।ङ्गअमर लामाले श्रमिकहरुको मेडिकल लाभ पाउने जसले सित्थैमा उपचार गराउन सक्ने बताएका छन्‌‍। उनले श्रमिकहरुको लागि निम्नतम रोजगारको लागि पनि काम गर्ने बताउँदै यसको लागि जुलुस गरेर हुँदैन भनी बताएका छन्‌‍।

लामाले भने, भाजपाले दिनुको सट्टा अझ साह्रो पार्दैछ। भाजपाले एसआईआर लगायो र भविष्यमा एनआरसी पनि लागु गर्छ कारण यो भाजपाको एजेण्डामा छ। ङ्गसभामा केन्द्रीय उपाध्यक्ष एवं सभासद प्रमोस्कर ब्लोनले पहाडमा शान्ति छ नै शिक्षामा उन्नति भएर गईरहेको छ र यसको उत्तम उदाहरण यही आज छ भनी बताएका छन्‌‍। उनले तीनधारे महानदी समष्टिले यसपालीको चुनाव जित्ने पनि ठोकुवा गरे। उनले पहिलाको भाजपा विधायकले के के काम गरे रिपोर्ट कार्ड खोज्नुपर्छ भनी बताउँदै भाजपाले खोसेको खोसेको यताबाट देको देको छ भनी आरोप लगाए। उनले भाजपालाई भोट दिएको परिणाम एसआईआरमा लाइनमा उँभाएको छ भने राशन कार्ड पनि काट्दैछ भनी बताएका छन्‌‍। उनले यसपाली सोचेर भोट हाल्ने आह्वान्‌‍ पनि गरेका छन्‌‍। यही सभामा विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरुले जीटीए प्रमुख अनित थापालाई सम्मान जनाइएको थियो। यसै कर्मी सभामा घुम्ती चियाबारीबाट ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको छजना भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्‌‍। सामेल हुनेहरुलाई पार्टी अध्यक्ष अनित थापा र महासचिव अमर लामाको बाहुलीबाट खदार्पणसहित पार्टीको झण्डा प्रदान गरेर स्वागत जनाइएको छ। सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तीनधारे महानदी समष्टिभित्र पर्ने केन्द्रीय, महकुमा, समष्टि स्तरीय, ब्लक स्तरीय र बुथ स्तरीय पदाधिकारीहरु उपस्थित रहेका थिए।

यसको साथै चारैवटा ग्राम पञ्चायतको प्रधान, उप प्रधान, पञ्चायत सदस्यहरु, पञ्चायत समिति सदस्यहरु, नारी, युवा, ट्रेड युनियन, जीटीए कर्मचारी संगठन, भूतपूर्व सैनिक, शिक्षक संगठन, विद्यार्थी महासंघ, आँगनवाड़ी, भिबीडीसी आदिका प्रतिनिधिहरु उपस्थित रहेका थिए। यस कर्मी सभा विषयमा पत्रकारहरुलाई सम्बोधन गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्मले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको कर्मी सभा सम्पन्न भएको र यसमा व्यापक रूपमा पार्टी कार्यकर्ताहरु उपस्थित भएको र सभामा सबैजनाले पार्टीको प्रार्थीलाई जिताएर पठाउने कुरामा सहमति भएको बताएका छन्‌‍। उनले सभामा पार्टीको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापा, महासचिव अमर लामा, केन्द्रीय उपाध्यक्ष एवं सभासद प्रमोस्कर ब्लोन लगायत अन्य पदाधिकारीहरु उपस्थित रहेको जानकारी गराएका छन्। उनले कर्मी सभामा उपस्थित सबैलाई समष्टि कमिटीको तर्फबाट धन्यवाद दिएका छन्‌‍।


Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ