राजनीति गर्ने अधिकार सबैलाई छ, त्यस्तै राजनेता छान्ने अधिकार पनि। कसले कसलाई साथ दिन्छ त्यो उसको विचार हो। त्यसमा हरेक व्यक्ति स्वतन्त्र छ। तर जब जातिको कुरा आउँछ, हाम्रो मुद्दाको कुरा आउँछ निर्णय सोंचेर सम्झेर नै लिएको हुनुपर्छ।
पहाडमा अहिले घडी नेताहरूकाे कमि छैन। तर हाम्रो मूल मुद्दाको कुरा गर्ने आँट कुनै नेतामा छैन भन्दा अत्युक्ति नहोला। प्रश्न उठाउने नेताहरु लछेप्रै छन तर ती नेताहरु आफुलाई तेर्साइएको प्रश्नलाई भने टकटकाएर नै पन्सिन्छन। अध्यक्ष बिमल गुरुङको नेतृत्वमा रहेको गोर्खा जनमुक्ति मोर्चा मात्र एउटा यस्तो पार्टी हो जसले मूल मुद्दालाई भूलेको छैन अनि भूल्ने पनि छैन। आज पनि गोर्खा जनमुक्ति मोर्चा संघर्षरत् छ भने त्यो केवल जातिय उन्मुक्तिको चाहाना साकार पार्नको निम्ति संघर्षरत् छन। यति हो हिजको दिनमा जाति उन्मुक्तिकै निम्ति संघर्ष गर्दा लागेको चोट र घाउहरु निको नभई छन, त्यसकारण कतिपय कुराहरुमा पार्टी र अध्यक्षको छविलाई बिपक्षी दलहरुले धमिल्याउने ठाउँहरु पाईरहेक छन। ती बिपक्षी दलका नेताहरुलाई हामी चुनौती दिन्छौं यदि पार्टी र अध्यक्षमाथी नकारात्मक टिका टिप्पणी गर्छन भने पहिले उनीहरूले जाति हीतको निम्ति के गरेक छन् त्यो स्पष्ट गरोस्।
त्यसैले पहाडमा बसेर गोर्खा जनमुक्ति मोर्चा अनि अध्यक्ष बिमल गुरुङ माथी आक्षेप लगाउने नेताहरुलाई हामी भन्न चाहान्छौं बिकासको मुद्दालाई समाएर राजनीति गर्ने हो भने जातिको कुरा छोडीदेऊ। जातिको नाम लिएर पहाडको झोडा र नालाको पछि कुद्नु छोडिदेऊ। अनि जातिको कुरा गरेर राजनीति गर्छ भने समग्र भारत भरी छरिएर बसेको गोर्खा सन्तानहरूको दुःखेसो बुझ्ने कोशिष गर। अहिलेको परिस्थितिमा स्थायी राजनीतिक समाधान नै भएपनि डुवर्स र तराइको सम्पूर्ण भू-भागलाई समेटेर एउटा राम्रो व्यवस्था भित्र्याउने कोशिष गर। सम्पूर्ण भारतभरी छरिएर बसेको गोर्खा सन्तानहरूले भोग्दै आउनु परिरहेको समस्याहरू बुझेर समाधानको निम्ति काम गर।
जातिको हीत सोंच्ने हामी डुवर्सवासीले त आज पनि अध्यक्ष बिमल गुरुङले जातिको निम्ति गरेको संघर्षलाई बुझेर, वहाँको जाति प्रतिको समर्पणलाई बुझेर साथ दिईरहेका छौं। यदि भोलीको दिनमा स्थायी राजनीतिक समाधान हुँदैन र अध्यक्ष बिमल गुरुङले पनि डुवर्स र तराईलाई बिर्सिएर राजनीति गर्छन भने पहाडको नेताहरुले जाति हीतको कुरा नगर्दा हुन्छ। हामी बिकास होइन, अहिलेको परिस्थितिमा डुवर्स तराईलाई समेटेर स्थायी राजनीतिक समाधान हुनुपर्ने कुरालाई महत्व दिन्छौं।
अब तपाईंहरू आफै बिचार गर्नुहोस् हाम्रो डुवर्स तराईले पनि केही पाउनु पर्छ भनेर यहाँको गरीब नानीहरुलाई नि:शुल्क शिक्षा दिने, तराई-डुवर्स मेरो मुटु हो भन्दै पसिना बगाउँदै डुवर्स तराईको कुना काप्चामा पुगेर यहाँको मानिसहरूको दुखेसो बुझ्ने, भारत भरीका गोर्खा सन्तानहरू सँग सम्बन्ध स्थापित गरेर अघि बढ्ने अध्यक्ष बिमल गुरुङलाई साथ दिने! अहिलेको परिस्थितिलाई बुझेर हामीले हाम्रो जातिको नेताको रूपमा एकमात्र अध्यक्ष बिमल गुरुङलाई स्वीकार गरेका छौं अब पहाडवासीको निर्णय तपाईंहरुको हातमा छ। जातिलाई साथ दिने कि आफ्नो क्षेत्रको बिकास को नाममा झोडा नालालाई?












