माकपाद्वारा जपुन राई, रानु राई, अनु तामाङकाे घर निर्माण धमाधम गरिँदै

Share this news

थर्बु नन्दलाल गाँउका जपुन राई, रानु राई अनि नाै माइलका अनु तामाङकाे घर निर्माण माकपाले धमाधम गरिरहेकाे छ। यी तीन परिवार गत ४ अक्टोबरकाे विनाशकारी पैह्राेले घर विहीन बनेका थिए। आफ्नाे घर निर्माण गरिदिएकाेमा पैह्राे पीडीतहरू जपुन राई, रानु राई अनि अनु तामाङले आफूहरूलाई घरकाे खाँचाे थियाे। पैह्राेले घर क्षति गरेपछि सरकारले एक लाख बीस हजार रूपियाँ दिने घाेषणा गरेको थियो। घाेषणापछि आफूहरूले हालसम्म साठी हजार रूपियाँ मात्रै पाएको बताए। बर्खा लाग्न चार महिना जति छ। कहाँ बस्ने, घर कसरी बनाउने भन्ने सुर्ता थियाे। यस्ताे अवस्थामा माकपाका नेतृत्वहरू पीडीतहरूको साहरा बनेर आए अनि घर बनाई दिने घाेषणासङ्गै काम नै शुरू गरिदिए। यो कुराको लागि आफूहरूलाई धेरै खुशी प्रकट गर्दै माकपाप्रति आभार व्यक्त गरे। उनीहरूले हामीलाई चाहिएकाे घर थियाे, बनाउने पहल माकपा नेताहरू समन पाठक, सचिन खाती, किस्मत तामाङ चेतन गुरूङ, सुवर्ण राई आदिले गरिदिएको बताए।

इच्छाशक्ति छ भने सत्तामा नरहेर पनि काम गर्न सकिन्दाे रहेछ भन्ने उदाहरण उनीहरूले प्रस्तुत गरेकाे बताए। यता माकपा नेताहरू समन पाठक, सचिन खाती, किस्मत तामाङले विनाशकारी पैह्राेकाे चपेटमा परेर घर विहीन बनेका दार्जीलिङ पहाडका सातजना पीडीतहरूकाे घर निर्माण गर्ने निधाे माकपाले गरेकाे जसमा तीनवटा घर मिरिकमा निर्माण भइरहेको बताए। सत्तापक्षले पैह्राे पीडीतहरूकाे पुनर्वासमा कसैले चासाे नदेखाएकाे कारण हामीले घर निर्माणकाे पहल गरेका हाैं। हामी पैह्राे पीडीतहरूलाई बस्ने याेग्यकाे घर निर्माण गरिदिनेछाैं भने। माकपा नेताहरूले उक्त घर निर्माणमा श्रमिकहरूले श्रमदान गर्नेछन्। माकपाका गणसंगठनहरूबाट थाेपा थाेपा रूपियाँ संग्रह गरेर आवश्यक सामाग्री जुटाइने बताउँदै हामी घर विहिन पैह्राे पीडीतहरूलाई पानीकाे माैसमअघि ओत दिन चाहन्छाैं। घर निर्माणकाे प्रक्रिया एक महिनामा सक्ने हाम्राे लक्ष्य रहेकाे बताउँदै उनीहरूले अक्टाेबर महिनामा आएकाे विनाशकारी पैह्राेदेखि नै पीडीतहरूकाे अभाव र समस्या समधान गर्ने कार्य गरिरहेको बताए। आपदकाे बेला माकपा अनि माकपाका गण संगठनहरूले पीडीतहरूलाई आवश्यकता अनुसार राहत वितरण गर्ने कार्य गरेकाे थियाे।त्यस समय हामीले पैह्राे सफा गर्ने कार्य पनि गरेका थियाैं भने हाल हामी घर निर्माणमा लागिपरेकाे छाैं। निर्माण कार्य धमाधम भइरहेकाे बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ