कलभर्ट निर्माणको कार्यमा कुनै लापरवाही पाइए जानकारी गराउने सभासद्को अपिल

Share this news

खरसाङ, (निसं)ः सुधपा टोलको कलभर्ट निर्माणमा कुनै प्रकारको गड़बड़ी पाइएको खण्डमा जानकारी गराउने सभासद्‌‍ श्याम शेर्पाले जनसाधरणलाई सुझाउ दिएका छन्‌‍। जनसाधरणले भोगिरहेका समस्यालाई ध्यानमा राखेर खरसाङ नगरपालिकाको वार्ड नम्बर 9 स्थित सुधपा टोल साथै मन्टिभियट चिया बगानको कार्यलय, दुई नम्बर गाउँ जाने मुख्य बाटोको कल्भर्ट निर्माणको कार्य जीटीएले आरम्भ गरेको हो। यहाँको कलभर्ट विगत वर्षाकालमा क्षतिग्रस्त बनेको थियो भने क्षतिग्रस्त कलभर्टको कारण मानिसहरूले समस्या झेलिरहेका थिए।

क्षेत्रवासीको समस्याको बारेमा जानकारी पाउने बितिकै 28 नम्बर खरसाङ शहर चिम्नी देवराली समष्टि सभासद्‌‍ श्याम शेर्पाले उक्त क्षेत्रको निरक्षण गरेर जीटीएका मुख्य कार्यपाल अनित थापालाई जानकारी गराएका थिए। सभासद्ले यस समस्याको निम्ति आफ्नो तर्फबाट सक्रिय रुपमा पहल गरेपछि कार्यालयको प्रक्रियाहरू पुरा हुनसाथै कोष जारी गरिएको थियो। कलभर्ट निर्माणको कार्य वर्तमानमा खरसाङ इञ्जिनियरिङ विभागद्वारा भइरहेको छ। 23 जनवरी विधिवत पूजापाठ गरेर आरम्भ गरिएको निर्माण कार्य युद्ध स्तरमा भइरहेको दावी छ।

जनसाधरणको समस्यालाई बुझेर कोष स्वीकृत गरिदिएकोमा सभासद्‌‍ श्याम शेर्पाले सम्पूर्ण गाउँवासीको तर्फबाट जीटीएका मुख्य कार्यपाल अनित थापालाई धन्यवाद पनि दिएका छन्‌‍। सभासद्‌‍ शेर्पाले कलभर्ट निर्माण कार्यको आफूले समय समयमा निरीक्षण गरेको र ठेकेदार रवीन तामाङले गुणस्तरको कार्य गरिरहेको बताएका छन्‌‍।

यस बारेमा सभासद्‌‍ शेर्पाले भने, सुधपा टोल अनि यो बाटो भएर गाड़ी चलाउने अनि हिँड़ने दुई नम्बर गाउँका मानिसहरूको समस्याको बारेमा जानकारी पाउनसाथै मैले जीटीए मुख्य कार्यपाल अनित थापालाई जानकारी गराएको थिएँ। तिनले कलभर्ट निर्माणको निम्ति विभाग मार्फत कोष जारी गरिदिएपछि कलभर्ट निर्माणको कार्य आरम्भ गरिएको हो। कलभर्ट निर्माणको कार्य सुचारु सञ्चालन गर्नको निम्ति अनि गुणस्तरीय निर्माणको निम्ति सबैले सहयोग गर्न पर्छ। कलभर्ट निर्माणको अवधिभर चालकहरूलाई यहाँबाट गाड़ी नचलाइदिने हाम्रो अपिल छ, निर्माण कार्यको अवधिमा गाड़ी चलाइएको खण्डमा बाटोको निर्माण कार्य राम्रो अनि गुणस्तरीय हुँदैन। निरीक्षणको अवधिमा ठेकेदारले गुणस्तरीय कार्य गरिरहेको पाएका छौँ। यदि ठेकेदारले निर्माण कार्यमा कुनै प्रकारको गड़बड़ी गरेको थाहा पाएको खण्डमा गाउँका हामीलाई जानकारी गराउने अथवा विभागीय अधिकारी समक्ष जानकारी गराउने गाउँका मानिसहरूसित हाम्रो सुझाउ छ।

Share this news
आजको रोजाइ
अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

आजको रोजाइ