अधिकारी दाजु-भाइको भीडीओ अलबम “दार्जीलिङ यही हो” रिलिज

Share this news

जीवन अधिकारीद्वारा लिखित र सङ्गीतवद्ध अनि उत्तम अधिकारी र गायिका ममता छेत्रीद्वारा गाइएको “दार्जीलिङ यही हो” रिलिज गरिएको छ।
यो गीत दार्जीलिङको गोर्खा दु:ख निवारक सम्मेलनमा तीन दशकअघि आयोजित संगीत प्रतियोगितामा जीवन अधिकारी स्वयंले गाएर प्रथम स्थान प्राप्त गरेका थिए।

यो अलबमको अडियो संयोजन अनि रेकर्डिस्ट – शामुएल शामुद्वारा हिलिङ अक्टेव्स सुडियो, सिलगढीमा गरिएको छ। भीडीओको दृश्याङ्कन 15 दिनअघि मात्रै दार्जीलिङको तकभर चियाबारीको लेप्चा बस्ती, चौथो विभाग र अरू ठाउँमा गरिएको थियो। निर्माता – उत्तम अधिकारी रहेको अलबमको दृश्याङ्कन – नवीन ओम लोम्जेलद्वारा गरिएको छ। अभिनय निर्देशिका – सविना सिंह रहेकी छिन् भने अर्जुन शिवाकोटी अनि स्मृति मुखियाले अभिनय गरेका छन्। यो गीतको भीडीओलाई युट्युबको JU Adhikari Digital मा हेर्न सकिन्छ।

स्मरण रहोस् अधिकारी दाजु-भाइको जन्मस्थान तकभर चियाबारीको लेप्चा बस्ती भएको हुनाले आफ्नो प्यारो गाउँलाई सम्झना गरेका छन्। किनकि वर्तमान समय सिलगढी क्षेत्रमा बसोवास गर्दै आएका छन्। यसक्रममा यो गीत मेरो किशोरावस्था अनि आफ्नो जन्मस्थान सित भावात्मक रूपमा जोडिएको कारणले गीतको छायाङ्कन गर्न आफ्नो जन्मस्थल तकभर, लेप्चा बस्ती सम्म पुगेर छायाङ्कन सम्पन्न गराएको उत्तम अधिकारीले बताए। उनले यो गीत सबैलाई हेरेर लाइक, सब्सक्राइब र सेयर गरिदिने अनुरोध गरेको छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ