दार्जीलिङमा गुन्जियो चिया श्रमिक एकताको नारा!

Share this news

2 सय 20 रूपियाको रोजीले घर चलाउन सक्दैन, मिनिमम वेजेस अविलम्ब लागु गर भन्दै डी0के0 गुरूङले चियाबगान मालिकहरूप्रति लाखेस गरे।
: दार्जीलिङ शहरमा गुन्जियो इण्डियन गोर्खा जनशक्ति फ्रण्टको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियावारि श्रमिक संघले मिनिमम वेजेसको माग गर्दै आज विराट र्याली निकाल्यो।शहरको माल रोड स्थित हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय कार्यलय पी0 कोठीबाट श्रमिक संघले विराट र्याली निकाल्यो।र्यालीले शहरको चौरस्ता,नेहरू रोड हुँदै दार्जीलिङ टी0 ऐसोसिएशनको कार्यालय पुग्यो।र्यालीमा सामेल भएका समर्थकहरूले मजदुर एकता जिन्दाबाद… आदि जस्ता नाराहरू लगाए।यसै संदर्भमा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डी0के0 गुरूङले पत्रकारहरूसंगको कुराकानीमा पहाड तराई डुवर्सको चिया बगानहरूमा मिनिमम वेजेस लागु गर्ने माग गर्दै हामीले गत 19 जनवरीदेखि धारावाहिक कार्यक्रमहरू गर्दै आइरहेका छौं,जसमा हामीले राँके जुलुस,धरना प्रदर्शन आदि जस्ता कार्यक्रमहरू अघिबाट गरिसकेका छौं,यसैक्रममा आज हामीले दार्जीलिङ टी ऐसोसिएशनको कार्यलय उगेर सन्दीप मुखर्जी,त्यसरी नै इण्डेन टी ऐसोसिएशनको मोहन छेत्री साथै जीटीएको अतिरिक्त श्रमायुक्तसंग भेट गरेर मिनिमम वेजेसको माग गर्दै ज्ञापन पत्र चढाएको तिनले बताए।अध्यक्ष गुरूङले अघि भने चिया श्रमिकहरूले 2 सय 50 रूपियाँ दैनिक ज्याला पाउँछन त्यसमा 30 रूपियाँ पी0एफ0को लागि काटदा 2 सय 20 रूपियाँ श्रमिकहरूको हात पर्छ तर अहिलेको महंगाई जमनामा 2 सय 20 रूपियाँले हाम्रो श्रमिकहरूले परिवारको पालन पोषण गर्न धेरै साह्रो पर्छ,त्यसकारण हामीले मिनिमम वेजेस लागु गर्ने माग गरेका हौ गुरूङले बताए।चिया बगानहरूमा मिनिमम वेजेस लागु गर्न पर्छ भन्ने माग गर्दै राज्यको श्रम मंत्रलयदेखि लिएर सम्बंधित विभागीय अधिकारीहरूलाई पत्रचार,ज्ञापन पत्र धेरै पटक चडाई सकेका छौ तर सरकारले हाम्रो मागलाई वास्ता गरेको छैन।श्रमिकहरूले जे जति सहनु थियो त्यो सहँदै आइरहेको छ तर सहनुको पनि सिमा हुन्छ तर यहाँ हद पार गर्ने सीमा नाघी सकेको अध्यक्ष डीके गुरूङले बताए।चिया श्रमिकहरूलाई आठ घण्टामा बगानमा जोताएर मालिकहरू चाहिँ आराममा बस्ने यो भएन,यस्तो शोषण अब सहन गरिने छैन।चिया श्रमिकहरूको मिनिमम वेजेसको समस्यालाई समाधान गर्न सरकारले विगत धेरै बर्ष अघि नै एडभाइजरी कमिटी गठन गरेको छ अनि एडभाइजरी कमिटीले धेरैवटा बैठकहरू गर्दै आएको छ अनि ती बैठकहरूमा के भयो?यस बारे श्रमिकहरूलाई किन बताएको छैन भन्दै गुरूङले प्रश्न तेर्साए।मिनिमम वेजेसको विषय लिएर श्रमिकहरू सचेत भएर सडकमा ओर्लिएको छ,चिया श्रमिकहरूले जबसम्म न्याय पाउँदैन तबसम्म हामी हाम्रो कार्यक्रमलाई जारी राख्ने छौ गुरूङले बताए।बगान मालिकहरूले श्रमिकहरूको अनुउपस्थिति देखाउदै बगान नोक्सानमा रहेको गुनासो पोख्छ तर अहिलेको महंगाई जमनामा 2 सय 20 रूपियाँले घर परिवारको पालन पोषण गर्न सक्दैन त्यसकारण उनीहरू रोजगारको लागि बाहिरो गएको हो। मिनिमम वेजेसको माग लिएर हामीले राज्यको श्रम मंत्रीसंग पनि भेटेर कुराकानी गर्यौं अनि अविलम्ब मिनिमम वेजेस लागु गर्ने माग गर्यौ तर आजसम्म श्रमिकहरूले न्याय पाएको छैन।देशको प्रायः सबै उद्योग तथा कम्पनीहरूमा मिनिमम वेजेस लागु गरिएको छ,यहाँसम्म की विडी कम्पनीमा पनि मिनिमम वेजेस जारी गरिएको छ तर चिया बगानहरूमा मिनिमम वेजेस लागु गर्न सरकारलाई के असुविधा छ?भन्दै अध्यक्ष गुरूङले प्रश्न तेर्साए।चिया बगानहरूमा मिनिमम वेजेस लागु गर्ने माग लिएर हाम्रो हिल तराई डुवर्स चिया श्रमिक संघको टोली यसै फरवरीको अन्ततिर कोलकता जाने संघको केन्द्रीय अध्यक्ष डी0के0 गुरूङले बताए।


Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ