AJAY EDWARDS
AJAY EDWARDS

जिल्लाधिकारीलाई बाटोको सम्बन्धमा अजय एडवर्डसको पत्र

Share this news

कालेबुङ जिल्लाधिकारीलाई अजय एडवर्डसले
बाटोको निर्माण कार्य सही रूपमा नभएको जन गुनासो छ,निरक्षण कार्य गरियोस् भन्दै लेखे पत्र।
सडक निर्माणको निरीक्षण गर्ने माग गर्दै एडवर्डसले कालेबुङ जिल्लाधिकारीलाई पत्रचार गरेको बताएका छन्। गत 11 र 12 फरवरी 2026 को दिन कालेबुङ जिल्लाको रोंगो तोदे जलढका आदि क्षेत्रको भ्रमणमा गएका थिए। त्यस अवधि स्थानीय मानिसहरूले सडकको निर्माण कार्यहरूमा गुणस्तर नभएको आदि जस्ता गुनासोहरू एडवर्डस समक्ष पोखेका थिए। जन गुनासोहरूलाई ध्यानमा राख्दै उनले कालेबुङ जिल्लाधिकारीलाई पत्रचार गरेको बताए।

उक्त पत्रमा कालेबुङ जिल्ला अन्तर्गत मण्डल गाउँदेखि चुमोङ जाने बाटोको निर्माण कार्य लगायत अन्य निर्माण कार्यहरूमाथि जन गुनासोलाई समेटेर लेखेका छन्।कालेबुङ जिल्लाको गोरूबथान खण्ड अन्तर्गत मण्डल गाउँदेखि चिउलाखा नेहुले हुँदै चुमोङसम्मको पथ श्री योजनाद्वारा सडक निर्माण कार्य भएको छ। तोदे ताङ्ता ग्राम पंचायतको नाममा 5 हजार किलो मिटर लम्बाई रहेको बाटो निर्माणको राशी रूपियाँ 3,69,28,14 बताएका छन्।

बाटोको निर्माण कार्य निम्न स्तर भएको स्थानीय मानिसहरूले गुनासो रहेको छ।मैले कालेबुङ जिल्लाधिकारीलाई सडकको निर्माण कार्यको निरक्षण गर्ने अनुरोध गरेको उनले बताए।जिल्लाधिकारीलाई सडकको निरीक्षणसंग संगै बाटोको निर्माण कार्य ठिक भएको छ कि छैन,जुन क्षेत्रको बाटो निर्माण कार्यको निम्ति आएको राशी त्यही क्षेत्रमा प्रयोग गरिएको छ कि छैन साथै बाटोको निर्माण कार्यमा प्रयोग गरिने सर सामग्री हरू सही रूपमा प्रयोग गरेको छ कि छैन यी विषयहरूको निरीक्षण गर्ने कालेबुङ जिल्लाधिकारीलाई अनुरोध गरिएको छ।

स्मरण रहोस् जीटीए क्षेत्रमा निर्माण भएका बाटोदेखि लिएर अन्य सबै विषयहरूमा धेरै जन गुनासो रहेको छ। धेरैवटा बाटोहरू निर्माण भएको एक दुई महिना नबित्दै बाटो जीर्ण अवस्थामा पुगेको जन गुनासोहरू रहेको छ। जनताको नाममा आएको राशी सही रूपमा प्रयोग गरिएको छैन। त्यसकारण पहाडबासीहरूले हुनसम्मको समस्याहरू भोग्न परिरहेको छ।

Share this news
आजको रोजाइ
२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

आजको रोजाइ