अमृत 2.0 परियोजनाका कार्य व्यस्थित र ठीकसित हुन पर्ने

Share this news

खरसाङ,  (निसं): वर्तमानम खरसाङ नगरपालिका क्षेत्रको विभिन्न स्थानमा अमृत 2.0 परियोजनाको निम्ति पानीको पाईप जड़ान गर्ने कार्य भइरहेको छ। वर्तमानमा यस परियोजनाको निम्ति धेरै पाईप ल्याइएको र ती पाईपहरू धेरै स्थानमा जोड़ने कार्य भइरेको अथवा पाईप थुपारेर राखिएको अवस्थामा देखिएको छ। कतिपय स्थानमा केही पाईप जड़ान गरेर केही पाइप धेरै लामो समयसम्म त्यतिकै राखेर छोड़िएको पाइएको छ।

यस परियोजना अन्तर्गत पानीको पाईप जड़ान गर्दा व्यवस्थित र असल तरिकाले जड़ान पर्न पर्ने, जड़ान गर्ने कार्य निरन्तर हुन पर्ने मानिसहरूले बताएका छन्‌‍। नगरपालिकाको धेरै स्थानमा पाईप जड़ान गरेर त्यतिकै छोड़िएको, पाईपहरू ल्याएर थुपारिराखेको, पाईप जड़ान गर्दा बाटोको एक छेउदेखि अर्को छेउ भुईँमा नगाड़ी जड़ान गरिएको, घरको अघिल्तिर गेटबाटै लगिदिएको गुनासोहरू प्राप्त भएको छ। डुमारामका एक व्यक्तिले भने, केही दिन अघि यहाँ पानीको पाईप जड़ान गर्ने कार्य भएको थियो। उक्त पाईप आधा जोड़ेर छोड़िएको छ। एउटा पाईप नालीमा त्यतिकै छोड़िएको छ। यसरी जड़ान गरिएको पाईपमा पानी उकालो ल्याइने हो अथवा ओह्रालो लगिने हो, त्यो पनि थाहा छैन। एक्कासी माझबाट पाईप जड़ान गर्ने कार्य थालिएको छ। 6-7 वटा पाईप जड़ान गरेपछि लगभग दुई हप्ता हुन लाग्यो त्यतिकै छोड़ेर राखिएको छ, एउटा पाईप नालीमा लड़िरहेको छ।

यसै गरी यहाँको वार्ड नम्बर आठमा पनि पानीको पाईप जड़ान गर्ने कार्य भइरहेको, पानीको पाईप जड़ान गर्दा बाटोको एक किनारबाट जड़ान गर्दै लगिएको, पाईप बाटो पार गराउँदा खनेर जमिनमा गाड़िने कार्य नगरिएको गुनासोहरू प्राप्त भएको छ।
यसरी आधाकल्चो जड़ान गरेर छोड़िएका अथवा कुनै स्थानमा थुपारेर राखिएका अथवा छोड़िएका पाईपहरू कसैले लगिदिएको खण्डमा के हुन्छ भन्ने प्रश्नहरू पनि कतिपयले गरेका छन्‌‍। स्मरण गराइन्छ, अमृत 2.0 अन्तर्गत खरसाङ नगरपालिका क्षेत्रमा 2 सय करोड़ रुपियाँ भन्दा अधिकको खर्चमा नगरवासीलाई पानीको आपूर्ति गर्नलाई कार्य आरम्भ भइसकेको छ। यस योजना अन्तर्गत डाउहिलमा अधिक क्षमताको रिजर्भ ट्याङ्की निर्माण गरिने अनि बालासन खोलाबाट पानी तानिने योजना रहेको बताइएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ