खरसाङ, (निसं): खरसाङको एउट होटलका शुक्रवार छिरिङ पाख्रीनको सभापतित्वमा फरेष्ट हिल कन्ट्य्राक्टर वेलफेयर एसोसिएशनको सभा सम्पूर्ण सदस्यहरूलाई लिएर सम्पन्न भयो। सभामा संगठनमा शुरूदेखि नै एक कानुनी सल्लाहकारको रूपमा रहेर वर्तमानसम्म संगठनलाई सहयोग गर्दै आइरहेका खरसाङ्का एक वरिष्ट अधिवक्ता जो एचडब्लु लामाको विशेष उपस्थित रहेको थियो।
सभालाई सम्बोधन गर्दै संगठनका सचिव युवराज लामाले शुक्रवारको यस सभा आयोजना गर्नुको विशेष कारणबारे अवगत गराउँदै संगठनका सम्पूर्ण सदस्यहरूलाई सगठनका नयाँ सभापति, सचिव लगायत कारायकारिणी सदस्यहरूसँग परिचय गराए। यो संगठन कुनै नयाँ संगठन नभएर पुरानो एफएचसीडबाल्युए हो औ पुरानो सभापति एचडी रूम्बाले पुरानो कमिटीलाई विघटन गरेर राजीनामा दिए पश्चात फेरि सम्पूर्ण सदस्यहरूलाई लिएर नयाँ सभापति, सचिव साथै कार्यकारिणी सदस्यहरू चयन गरिएको हो भनी तिनले जनाए। कसैले पनि नयाँ फरेष्ट कन्ट्य्राक्टर एसोसिएशनको गठन भएको हो भन्ने हल्ला नफैलाई दिने औ कसैले पनि यस्तो हल्लामा ध्यान नदिने अनुरोध तिनले गरे। यसरी संगठनका अन्य सदस्यहरूले अब उसो संगठनलाई अझ दह्रिलो बनाएर लैजानमा सहयोग पुर्य़ाउने सहमति जनाए भनी संगठनका सहसचिव सुप्रीम छेत्रीले जानकारी दिएका छन्।












