खरसाङमा नेपालका कामदारहरू आगामी प्रतिनिधि सभाको चुनाउमा मतदान गर्न जने तयारीमा

Share this news

खरसाङ,  (निसं): नेपालबाट खरसाङमा काम गर्न आएका कामदारहरू आगामी फागुन 21 गते अर्थात 5 मार्चको दिन नेपालमा सम्पन्न हुने प्रतिनिधि सभा चुनाउमा मतदान गर्नलाई जानको निम्ति तयारी गरिरहेका छन्‌‍। खरसाङ्मा रहेका केही नेपालका नागरिकहरूले आगामी प्रतिनिधि सभाको चुनाउमा मतदान गर्न जानलाई तयारी गरिरहेको बताएका छन्‌‍।

यस विषयमा बताउदै घन बहादुर थापाले भने, आगामी फागुन 21 गते सम्पन्न हुने चुनाउमा मतदान गर्नलाई जानको निम्ति तयारी चल्दैछ। चुनाउमा मतदान गर्नलाई अवश्यै जानेछौँ। मेरो मूल घर दोलखा जिल्लामा पर्छ तर झापामा पनि घर छ र झापामा मतदाता सूचीमा नाम छ, यसैले झापामा गएर मतदान गर्नेछु। यस पल्ट नेपालको राजनीतिमा नयाँ समिकरण देखिएको छ, कसलाई मतदान गर्ने विचार छ भनी प्रश्न गर्दा तिनले यस विषयमा निर्णय अहिलेसम्म नगरेको बताउदै नेपालका पूर्व प्रदान मन्त्री केपी ओली अनुभवी नेता रहेको बताए। तिनले वर्तमान नेपालको राजनीतिक अवस्थाको बारेमा त्यति धेरै जानकारी नरहेको भए तापनि चुनाउमा मतदान गर्नै पर्ने र आफ्नो छोरा-छोरीको निम्ति राम्रो सरकार बनाउनलाई मतदान दिनै पर्ने बताए। अर्का एक कामदारले आगामी 21 फागुन सम्पन्न हुने चुनाउमा मतदान गर्नलाई जानलाई तयारी चलिरहेको बताउदै भने, नेपालमा यो चुनाउ धेरै महत्वपूर्ण चुनाउ हो। जेन-जीको आन्दोलनपछि नेपालमा राजनीतिक समिकरण पिवर्तन भएको छ। आगामी 21 गते सम्पन्न हुने चुनाउमा एक-एक मत महत्वपूर्ण हुनेछ। यसैले चुनाउमा मतदान गर्न जानै पर्ने हुन्छ। कुन राजनीतिक दलका उम्मेद्वारलाई मतदान गर्ने भनी प्रश्न गर्दा तिनले यी सबै छोरा-बुहारीसित सल्लाह गरेर तिनीहरूको निर्णय अनुसार, तिनीहरूको भविष्यको निम्ति मतदान गर्ने बताए।

यसरी नै नेपालबाट खरसाङ्मा काम गर्न आएका अन्या कामदारहरूले पनि आगामी फागुन 21 गते सम्पन्न हुने चुनाउमा मतदान गर्न जानको निम्ति तयारी गरिरहेको बताएका छन्‌‍। स्मरण गराइन्छ, सेप्टेम्बर महिनामा नेपालमा भएको जेन-जीको आन्दोलनपछि नेपाल सरकार ढलेको थियो। पूर्व न्यायधीश शुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको थियो। अन्तरिम सरकारले 6 महिनामा प्रतिनिधि सभाको चुनाउ गराउन पर्ने नियम अनुसार प्रतिनिधि सभाको चुनाउ आगामी 21 फागुनको दिन सम्पन्न हुनेछ। यस पल्टको चुनाउमा पुराना राजनीतिक दलहरूको साथमा नयाँ राजनीतिक दलहरूले पनि अङ्शग्रहण गरिरहेका छन्‌‍। नयाँ राजनीतिक दलहरू मध्ये राष्ट्रिय स्वतन्त्र पार्टी, श्रम संस्कृति पार्टीक नेपालमा निकै प्रभावशाली पार्टीको रुपमा अघि आइरहेका छन्‌‍। जेन-जी आन्दोलनपछि नेपाल सरकार ढालेपछि यो चुनाउ भइरहेको छ। नयाँ राजनीतिक दल र यी राजनीतिक दलका युवा नेताहरू चुनाउमा उत्रिएकाले नेपालको आगामी 21 फागुनसो चुनाउलाई महत्वपूर्ण चुनाउको रुपमी हेरिएको छ।

Share this news
आजको रोजाइ
HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आजको रोजाइ