चर्चित ब्याण्ड नेपथ्याको पहिलो पल्ट प्रस्तुती हुने

Share this news

खरसाङ, (निसं): रेशम, जुम सुमै बजारमा, भेडाको ऊन जस्तो, छेक्यो छेक्यो देउराली डाँडा, तालको पानीजस्ता सुप्रसिद्ध र सदाबहार गीतहरुले नेपाली सांगीतिक क्षेत्रमा एकछत्र राज गरेका नेपथ्य ब्याण्डको सांगीतिक प्रस्तुति सिलगढीमा हुने भएको छ। नेपाली लोक भाका र लोक गीतहरुलाई एप र रक भाकामा समेटेर चर्चित गीत संगीतमा ढाल्ने नेपालका प्रसिद्ध म्युजिकल ब्याण्ड नेपथ्यको सिलगढ़ीमा पहिलोपटक सांगीतिक कार्यक्रम आगामी 28 फरवरीमा भईरहेको छ। नेपाली संगीताकाशमा ख्याति कमाएका नेपथ्य ब्याण्डको सिलगढीको सांगीतिक कार्यक्रमलाई नेपथ्य लाइभ इन सिलगढ़ी नाम दिइएको छ। यस सांगीतिक कार्यक्रमलाई सिलगढीमा पहिलोपटक पीभी नेटवर्क र क्लब ग्राभिटीको आयोजनामा भइरहेको छ।

यस विषयमा शुक्रबार खरसाङमा पत्रकार सम्मेलन आयोजना गरेर आयोजक पक्षको तर्फबाट नेपथ्य लाइभ इन सिलगढी विषयमा जानकारी गराएका छन्‌‍। आयोजक समितिको तर्फबाट प्रतिनिधि स्टीभ देवान र फिल्म निर्देशक विवेक राईले पत्रकारहरुलाई सम्बोधन गर्दै विगत 30-35 वर्षदेखि लगातार रुपमा नेपाली सांगीतिक आकाशमा चर्चित म्युजिकल ब्याण्ड नेपथ्यको सिलगढीमा पहिलोपटक सांगीतिक कार्यक्रम आयोजना भईरहेको जानकारी गराएका छन्। दुवैले 28 फरवरीमा हुने भएको नेपथ्य लाइभ इन सिलगढी सांगीतिक कार्यक्रममा नेपथ्य ब्याण्डको सांगीतिक प्रस्तुति रहने यस यसको मुख्य कलाकार अमृत गुरुङको प्रस्तुती रहने जानकारी गराइएको छ।

यो कार्यक्रम सिलगढीमा राखिनुको कारणमध्ये सिलगढ़ी अन्तर्राष्ट्रिय स्तरमा जक्शन साथै नर्थ ईस्टको गेटवे भएकोले यहाँ पहिलोपटक नेपथ्यको सांगीतिक प्रस्तुति आयोजना गरिएको जानकारी गराइएको छ। 28 फरवरीमा सिलगढीको उध्दवधारा टाउनशीपको विपरीत हुने भनिएको नेपथ्य लाइभ इन सिलगढी लाई लिएर आगामी 22 फरवरीमा खरसाङमा नेपथ्य ब्याण्डको गीतहरुलाई लिएर कार्यक्रम पनि आयोजना गरिने भएको जानकारी दुवैले गराएका छन्‌‍। दुवैले बताए अनुसार यस साङ्गीतिक कार्यक्रमको लागि टिकट धेरै बिक्री भईसकेको र टिकट अनलाइन र अफ्‌‍ दुवै प्रकारले भईरहेको साथै कार्यक्रममा 7-8 हजार दर्शकहरु आउने अपेक्षा गरिएको जानकारी गराएका छन्‌‍।नेपथ्यको गीतहरु चर्चित हुनको साथै जेनजी लगायत सबै पुस्तामा चर्चित रहेको पनि बताएका छन्‌‍। यस कार्यक्रमको टिकट खरसाङा उपलब्ध रहेको जानकारी गराइएको छ।


Share this news
आजको रोजाइ
२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

आजको रोजाइ