no electricity or water in the pathology department
no electricity or water in the pathology department

जिल्ला अस्पतालको प्याथोलोजीमा बत्ती, पानी केही नरहेको भाजपाको आरोप

Share this news

दार्जीलिङ, १३ फरवरी (निस): अस्पतालको व्यवस्थापनमाथि थुप्रै प्रश्नहरू लिएर दार्जीलिङ जिल्ला अस्पताल पुगेको भाजपा दार्जीलिङ जिल्ला समितिको एक प्रतिनिधि टोली अस्पताल पक्षबाट सन्तोषजनक उत्तर पाउन विफल भयो। अस्पतालका सुपर नै अस्वस्थ रहेको कारण उनलाई धेरै प्रश्नहरू गर्न उचित नलागेको भाजपा दार्जीलिङ जिल्ला समिति अध्यक्ष सञ्जीव लामाले बताएका छन् ।

दार्जीलिङ जिल्ला अस्पतालबाट प्याथोलोजी पुरानो सदर अस्पतालमा सारिएको तर त्यहाँ (प्याथोलोजीमा) हाल बत्ती, पानी केही नरहेको, लामाले दाबी गरे। लालढिकीबाट भुल्दुङमा पानी भरेर ब्लड टेस्ट गरिरहेको कुरा गर्दै उनले धेरै

अघिदेखि बन्द अवस्थामा रहेको एमआरआई मशीनलाई लिएर पनि प्रश्न गरे।

उनले भने, क्याबिन त्यतिकै बन्द गरेर राखिदिएको छ। बेडहरू कम्ती गरिदिएको छ। डाक्टरहरूको कमी छ। केही अघि अस्पतालभित्रै वार्ड मास्टरले अस्पतालकै एकजना

कर्मचारीसित दुष्कर्म गरेको खबर छ। जुन वार्ड मास्टरलाई पुलिसले पक्राउ गरेर पुलिस हिरासतमा छ । निकै महीना अघि अस्पतालका स्टाफले डाक्टरलाई छुरी हानेको घटना छ। लामाले भने, थुप्रै प्रश्नहरू थिए। अस्पतालमा कर्मचारीहरूको पनि सुरक्षा छैन । साधारण जनताको उपचार पनि

ठीक छैन।

दार्जीलिङ जिल्ला अस्पतालको वास्तविकता भिन्नै भइसकेको ठहर गर्दै उनले भने, अस्पताल जीर्ण अवस्थामा छ।

केन्द्र सरकारले स्वास्थ्यको लागि वर्षेनी करोड़ों रूपियाँ आवण्टन गरेको छ। तर यहाँ सबै कुरामा धन्धा भएको छ। कसैको स्वार्थमा एमआरआई मशीन बन्द गरेर राखेको छ। सभासद् अस्पताल आएर नौटंकी गर्नु मात्र हो। एकक्षण भिडियो गरेर हामीले यो गर्दैछौं, भन्नु मात्र हो। त्यहाँदेखिको उता जवाफदेही को हुने ? प्रश्न गर्दै सञ्जीव लामाले भने, आम मान्छेले अस्पतालमा पाउने उपचारहरू पाउनुपर्यो ।

यहाँ डीएम छ, जीटीए छ । दुइवटा सरकार चल्छ । जिम्मेवारी कसले लिने ? लामाले प्रश्न गरे।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ