चुङ्गथुङ्ग मारेबोङ ताम्साङ समष्टि भवनमा समष्टि सभापति क्याप्टेन महेन्द्र राईको सभापतित्वमा युवा अनि नारी जनशक्ति फ्रण्टको गठन बिहीबार गरियो। उक्त सभामा
एक्जिक्युटिभ मेम्बर वीरेन्द्र तामाङ तथा प्रमोद राई, साथै युवा जनशक्ति फ्रण्ट अध्यक्ष राग्बे राई, नारी अध्यक्ष नोरा सुब्बा र CWC सदस्य भरत तामाङको विशेष उपस्थिति रहेको थियो। समष्टि महासचिव अजय प्रधानको सञ्चालन गरिएको सभामा इण्डियन गोर्खा जनशक्ति फ्रण्ट चुङ्गथुङ्ग मारेबोङ ताम्साङ समष्टिको युवा जनशक्ति फ्रण्ट तथा नारी जनशक्ति फ्रण्टको गठन गरियो।
उक्त सभामा मनोनित भएका पदाधिकारी तथा सदस्यहरूको नामावली यस प्रकार रहेको छः
समष्टि जनशक्ति युवा फ्रण्ट समिति-सभापति, अभिनवा तामाङ्ग। उप-सभापति विजय सुब्बा, देव लिम्बू, योगेश छेत्री चुनिए। यसरी नै सचिव विर्देश थापा। सह-सचिव रोमी राई, सुशील दर्नाल र हिरण सुन्दास चुनिए।
समष्टि जनशक्ति नारी फ्रण्ट समिति- सभापति श्रीमती दर्शना राई। उप-सभापति श्रीमती सुनिता राई, श्रीमती जयन्ती राई, श्रीमती देशीमाया तामाङ्ग चुनिए। महासचिव श्रीमती सपना भुजेल। सहसचिव श्रीमती दिपा दियाली, श्रीमती रोजी राई, श्रीमती सन्जु थापा चुनिए।












