पाँचौँ अन्तराष्ट्रिय किक् बक्सिङ प्रतियोगितामा खरसाङका खेलाड़ीहरूले जिते पदक

Share this news

खरसाङ, (निसं): पाँचौ इण्डियन ओपन इन्टरनेश्नल किक्‌‍ बक्सिङ प्रतियोगिता 2026 मा खरसाङ किक्‌‍ बक्सिङ एसोसिएशनसित आबद्ध खेलाड़ीहरूले असल प्रदर्शन गरेका छन्‌‍। एसोसिएशनका सचिव एवं मुख्य प्रशिक्षक विजय राउतले दिएका जानकारी अनुसार वाको इण्डिया किक्‌‍ बक्सिङ फेडरेशनको आयोजनामा नयाँ दिल्लीको केडी जाधव इण्डोर स्टेडियममा सम्पन्न भएको यस प्रतियोगितामा 10 देश अनि भारतका 29 राज्यका खेलाड़ीहरूले अंशग्रहण गरेका थिए। 10 देश मध्ये प्यालेस्टिन, तुर्की, अलजेरिया, इजिप्ट मुख्य थिए।

पश्चिम बंगालको प्रतिनिधित्व गर्दै विजय राउत कोचको रुपमा सहभागी बन्न गएका थिए भने राज्यबाट 11 खेलाड़ीहरूले भाग लिएका थिए। यी 11 खेलाड़ीमा चार खेलाड़ी खरसाङ किक्‌‍ बक्सिङ एसोसिएशनका थिए, जसमा रक्षा थापाले 50 किलोग्राम वर्गको किक्‌‍ फाइटमा रजत पदक, निशा राउतले 56 किलो तौल वर्गमा रजत पदक जिते भने रिप्छर लेप्चा, गौरव राउत 51 किलोग्राम तौल वर्गमा तेस्रो स्थानमा रहेका थिए।

खरसाङ किक्‌‍ बक्सिङ एसोसिएशनका सचिव एवं मुख्य प्रशिक्षक विजय राउतले बताए अनुसार यो प्रतियोगितामा अंशग्रहण गर्नलाई जानको निम्ति जीटीएका मुख्य कार्यपाल अनित थापाले सहयोग गरेका थिए। जीटीए मुख्य कार्यपाल अनित थापा, समाजसेवी टीटी लामा, वीरेन्द्र छेत्री, कुन्दन तामाङ्को सहयोगमा यसरी दिल्लीमा गएर अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिनलाई खरसाङ किक्‌‍ बक्सिङ एसोसिएशनका खेलाड़ीहरूकोनिम्ति सम्भाव भएको बताएका छन्‌‍। तिनले यसरी सहयोगको निम्ति अनित थापा लगायत सबैप्रति कृतज्ञता प्रकट गरेका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ